रोचक सामग्री


खोजी

Thursday, September 1, 2016

रानीपोखरीको पुनर्निर्माण रोक्न युनेस्कोको अपील

ranipokhari-new2

१६ भदौ, काठमडौं । युनेस्कोले रानीपोखरीसहितका नेपालका ऐतिहासिक तथा पुरातात्विक संरचनाहरुको पुनर्निर्माणप्रति प्रश्न उठाएको छ ।

पुरातत्व विभागले रानीपोखरीको अनुपयुक्त ढंगबाट पुनर्निर्माण भइरहेको भन्दै काठमाडौँ महानगरपालिका पत्र लेखेपछि युनेस्कोले पनि चासो देखाएको हो ।

युनेस्कोले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, यस प्रकारको व्यवहारबाट हनुमानढोका दरवार स्मारक क्षेत्रस्थित मुख्य सम्पदा स्थलहरु जस्तै काष्ठमण्डप र माजुडेग लगायतका काठमाडौँ उपत्यकाका भावी पुनर्निर्माणप्रतिको विश्वासनियता माथि पनि गंभीर प्रश्नचिन्ह खडा भएको छ ।’

उसले ऐतिहासिक धरोहरहरुको पुननिर्माणका लागि प्रस्ताव आह्वान गर्ने प्रक्रियालाई नै परिवतर्नन गर्नु पर्नेमा जोड दिएको छ ।

युनेस्कोले भनेको छ, सम्पदास्थलको पुनर्निर्माणका लागि सबैभन्दा कम लागत प्रस्ताव गर्ने ठेकदार कम्पनीलाई ठेक्का दिँनु अनुपयुक्त हुन्छ । परिणामतः नेपालको सांस्कृतिक पर्यटकीय संभावनामाथि नकरात्मक असर पर्न सक्छ ।’

युनेस्कोले रानीपोखरीमा भइरहेको काम तुरुन्त रोक्न तथा पुरातत्व विभागद्वारा पुनर्निर्माण प्रक्रियाको उचीत अनुगमन र सुपरिवेक्ष भएको सुनिश्चित गर्नका लागि पुनः अपील गरेको छ । उचित समाधान पत्ता लगाउने काममा युनेस्कोले पूर्ण सहयोग गर्ने समेत उसले बताउको छ ।

 

 


बाँकी NEPAL123.COM मा पढौं

No comments:

Post a Comment