रोचक सामग्री


खोजी

Thursday, September 1, 2016

जब स्वास्थ्यमन्त्रीले मोबाइलमा वीर अस्पतालको शौचालयको तस्वीर देखाए …

gagan thapa

१६ भदौ, काठमाडौं । स्वास्थ्यमन्त्री गगन थापाले बिहीबार वीर अस्पतालका निरीक्षण गरेका छन् । त्यसक्रममा उनले अस्पतालका पदाधिकारी र कर्मचारीहरुसँग छलफल गर्दै १०० दिनमा गर्ने सुधारका कार्ययोजना पेश गर्न निर्देशन दिए ।

निर्देशन दिने क्रममा मन्त्री थापाले आफ्नो मोबाइलमा एउटा तस्वीर देखाए, जसका कारण अस्पतालका कर्मचारी रातोपिरो भए । ‘यो वीर अस्पतालको शौचालयको तस्वीर मलाई एक जनाले पठाउनु भएको फोटो हो’ मोबाइलमा तस्वीर देखाउँदै उनले भने, ‘यो प्रयोग गर्ने हामी कल्पना पनि गर्न सक्दैनौं ।’

अस्पतालका झण्डै २८ प्रतिशत कर्मचारी सरसफाइमा खटिन्छन् । तर, शौचालयको हालत यस्तो देखेपछि स्वास्थ्यमन्त्री थापाले भने, २४ घन्टामा सफा गर्नुस् भनेर म भन्दिन । तर, यसले के इण्डिकेट गर्छ ?’



Read More: जब स्वास्थ्यमन्त्रीले मोबाइलमा वीर अस्पतालको शौचालयको तस्वीर देखाए …

No comments:

Post a Comment