रोचक सामग्री


खोजी

Thursday, September 1, 2016

नेपाल टेलिकमको ‘फेस्टिवल अफर’, सस्तोमा इन्टरनेट !

NTC_Logoकाठमाडौँ, १६ भदौ । नेपाल टेलिकमले ‘फेस्टिवल अफर’का रुपमा जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि शुभरात्रि प्याकेज ल्याउने भएको छ ।

यही भदौ १८ गतेदेखि आगामी असोज १ गतेसम्म लागू हुने अफर राति ११ बजेदेखि बिहान ५ बजेसम्म प्रयोग गर्न सकिने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उपभोक्ताले ४० मा पाँच सय एमबी सात दिनका लागि र रु ८५ मा एक हजार दुई सय एमबी १५ दिनका लागि प्रयोग गर्न सक्नेछन् । पाँच एमबी डाटा लिन स्पेसियल ५०० एमबी(अङ्ग्रेजीमा) र एक हजार दुई सय एमबी डाटा लिन स्पेसियल १२००एमबी (अङ्ग्रेजीमा) लेखेर १४१५ मा एसएमएस पठाउनुपर्नेछ । रासस

The post नेपाल टेलिकमको ‘फेस्टिवल अफर’, सस्तोमा इन्टरनेट ! appeared first on Sajha Post.


बाँकी NEPAL123.COM मा पढौं

No comments:

Post a Comment