रोचक सामग्री


खोजी

Thursday, September 1, 2016

हिन्दू धर्मशास्त्र अनुसार भगवान शिवजीले गरेको चमत्कार अब चीनमा डाक्टरहरुले गर्ने !

एजेन्सी । चिकित्सा क्षेत्रमा दिन प्रतिदिन नयाँ-नयाँ चमत्कारहरु भइरहेका छन् । यसैक्रममा चीनमा अर्को एउटा चमत्कारिक प्रयोग हुने भएको छ । चिकित्सा क्षेत्रका चिनियाँ विशेषज्ञहरु मानिसको शिर (टाउको) प्रत्यारोपण गर्न अन्तिम तयारीमा जुटेका छन् ।

यो प्रयोग सफल भएमा चिकित्सा क्षेत्रले नयाँ उचाइ प्राप्त गर्नेछ । सफल नभएमा यस सम्बन्धी अनुसन्धानमा संलग्न विशेषज्ञ तथा चिकित्सकले सजाय भोग्नुपर्नेछ ।

Head Transform

प्रत्यारोपणका लागि एक रसियन युवकले आफ्नो शिर दान दिने भएका छन् । उनी स्पिरिदोनोभ वेर्डनिङ अफम्यान नामक रोगबाट पीडित छन् । सोहीकारण उनको शरीर लगभग काम नलाग्ने अवस्थामा छ, तर शिर भने स्वस्थ छ ।

चिनियाँ डा. जिआयोपीङ रेन र इटालीका डा. सर्जियो कानाभेरोले यो प्रयोग गर्न लागेका छन् ।

हिन्दू धर्मशास्त्रमा भगवान शिवजीले आफ्ना पूत्र गणेशको शिर भूलवश छेदन गरेपछि त्यसमा हात्तीको टाउको जोडेको प्रसङ्ग उल्लेख छ । अहिले कलियुगका डाक्टरहरु एउटा मानिसको शिर काटेर अर्कोको शरीरमा जोड्ने तयारीमा छन् ।

अब तपाइँ नै सोच्नुस्, एउटाको शिर र अर्कोको शरीर जोडेर बन्ने मानिसले आफूलाई कुनरुपमा ग्रहण गर्ला ! शिरवाला वा शरीरवाला ?

सामान्यरुपमा सोच्दा मानिसको दिमाग शिरमा हुन्छ । दिमाग भनेको चेतना हो, त्यसैले उसले आफूलाई शिरवाला मानिसको रुपमा सोच्न सक्ने सम्भावना रहनसक्छ । यसबारे चिकित्सकहरुले केही बोलेका छैनन् ।

 

 

The post हिन्दू धर्मशास्त्र अनुसार भगवान शिवजीले गरेको चमत्कार अब चीनमा डाक्टरहरुले गर्ने ! appeared first on Sajha Post.



Read More: हिन्दू धर्मशास्त्र अनुसार भगवान शिवजीले गरेको चमत्कार अब चीनमा डाक्टरहरुले गर्ने !

No comments:

Post a Comment