रोचक सामग्री


खोजी

Thursday, September 1, 2016

नेपाल टेलिकमले ल्यायो ‘फेस्टिवल अफर’

काठमाण्डु, १६ भदौ– नेपाल टेलिकमले ‘फेस्टिवल अफर’का रुपमा जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि शुभरात्रि प्याकेज ल्याउने भएको छ ।

यही भदौ १८ गतेदेखि आगामी असोज १ गतेसम्म लागू हुने अफर राति ११ बजेदेखि बिहान ५ बजेसम्म प्रयोग गर्न सकिने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

उपभोक्ताले ४० मा पाँच सय एमबी सात दिनका लागि र ८५ मा एक हजार दुई सय एमबी १५ दिनका लागि प्रयोग गर्न सक्नेछन् । पाँच एमबी डाटा लिन स्पेसियल ५०० एमबी र एक हजार दुई सय एमबी डाटा लिन स्पेसियल १२०० एमबी लेखेर १४१५ मा एसएमएस पठाउनुपर्नेछ ।



Read More: नेपाल टेलिकमले ल्यायो ‘फेस्टिवल अफर’

No comments:

Post a Comment