रोचक सामग्री


खोजी

Thursday, September 1, 2016

नेपाल–जापान कूटनीतिक सम्बन्धको ६०औँ वार्षिकोत्सव

काठमाडौँ, १६ भदौ । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सवका अवसरमा नेपाल सरकारद्वारा विहीवार राजधानीमा एक विशेष समारोह आयोजना गरियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्का सदस्य, जापानका विदेश राज्यमन्त्री नोबो किसी तथा उनले नेतृत्व गरेको जापानी प्रतिनिधिमण्डल, यहाँस्थित कूटनीतिक नियोग तथा नेपालको विकासका साझेदार संस्थाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका पदाधिकारी, नेपालका कूटनीतिक वर्ग र समाजका प्रतिष्ठित व्यक्तित्वको उपस्थितिमा भएको उक्त समारोहको उद्घाटन गरे ।

समारोहलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले आपसी विश्वास र सहयोगमा आधारित नेपाल र जापानबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको चर्चा गर्दै नेपालको सामाजिक एवम् आर्थिक विकास प्रयासमा जापानबाट निरन्तर प्राप्त सहायताको सराहना गरे। समारोहमा नेपाल र जापानका कलाकारले दुवै मुलुकका संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।

The post नेपाल–जापान कूटनीतिक सम्बन्धको ६०औँ वार्षिकोत्सव appeared first on Diyo post.



Read More: नेपाल–जापान कूटनीतिक सम्बन्धको ६०औँ वार्षिकोत्सव

No comments:

Post a Comment