रोचक सामग्री


खोजी

Thursday, September 1, 2016

कतारले थाल्याे अवैध कामदारका लागि ३ महिने आममाफी प्रक्रिया

Doha-Qatar
१६ भदौ, काठमाडौं । कतारले अाज (बिहीबार) देखि अवैधरुपमा काम गरिरहेका विदेशी कामदारलाई आममाफी दिन सुरू गरेको छ । कतार आन्तरिक (गृह) मन्त्रालयले महिना अवधि तोकेर अवैध कामदारहरुलाई आममाफी दिन सुरू गरेको हो ।

बिहीबारदेखि सुरु भएको आममाफीको प्रक्रिया डिसेम्बर १ सम्म चल्नेछ । यो अवधिमा विभिन्न कारण करार सम्झौता भएका कम्पनी छाडेर अरु नै ठाउँमा काम गर्दै आएका कामदार प्रक्रिया पुरा गरेर स्वदेश फर्किन पाउने छन् ।

कतारको गृह मन्त्रालयले अवैध रुपमा बसिरहेका आप्रवासी कामदारलाई स्वदेशकफािएन सहज वातावरण तयार गरिएको बताएको छ ।

कतारमा ठूलो संख्यामा अवैध विदेशी कामदार कार्यरत छन्, जसमा नेपालीहरुको संख्या उल्लेख्य छ  । अब त्यहाँको सरकारले तोकेको प्रक्रिया पुरा गरेर उनीहरुलाई बिना सजाय घर फर्किन सक्नेछन् ।

आममाफी प्रक्रियाका लागि पासपोर्ट, पासपोर्ट नभए नेपाली दूतावासले जारी गरेको ‘ट्राभल डकुमेन्ट’, टिकट र पतका आइडीको फोटोकपी आवश्यक पर्छ ।

अवैधानिक कामदारले कामदार आइतबारदेखि बिहीबारसम्म स्थानीय समय अनुसार दिउँसो २ बजेदेखि राति ८ बजेसम्म सनैयास्थित खोज तथा अनुसन्धान विभाग (सिआइडी) मा निवेदन दिन सक्छन् ।

कतारले आवश्यक प्रक्रिया पुरा गरेर निवेदन दिएको तीन दिनभित्र कतारबाट बिना सजाय स्वदेश फर्किन ‘इक्जिट परमिट’ दिने भएको छ ।

सन् २०२२ को विश्वकप आयोजनाको जिम्मा पाएको कतारले अवैध कामदार र उनीहरुको अवस्थालाई लिएर पछिल्लो समय अन्तर्राष्ट्रिय मानवधिकारवादी संघ संस्था र विभिन्न देशको दबाव खेप्दै आएको थियो ।

कतारले सन् २००९ मा लागू गरेको आप्रवासी कामदर समबन्धी कानुन नम्बर ४ अनुसारका कामदारलाई आममाफी दिनेछ । तर, आममाफी सुविधा लिएर स्वदेश फर्किने कामदार २ वर्षसम्म फेरि कतारमा जान पाउने छैनन् ।

कतार सरकारले यसअघि सन् २००४ मा आममाफी प्रक्रिया चलाएको थियो ।


बाँकी NEPAL123.COM मा पढौं

No comments:

Post a Comment