रोचक सामग्री


खोजी

Thursday, September 1, 2016

भियतनाममा आँधीबाट ७० काे मृत्यु

adhi

भदाै – १६ । भियतनाममा गत जनबरीदेखि अगस्तसम्ममा आँधीलगायतका राष्ट्रिय प्रकोपको परी मारिएका र वेपत्ता भएका व्यक्तिको सङ्ख्या ९० पुगेको छ ।

सो प्रकोपहरुमा विशेषगरी तीन आँधीको कारण मारिएका र बेपत्ता व्यक्तिको सङ्ख्या ९० हुनुका साथै अन्य २२३ व्यक्ति घाइते भएका देशको कृषि र ग्रामिण विकाश विभागले बिहीबार जानकारी दिएको छ ।

जारी यस प्रकोपबाट १६ सय घर ध्वस्त भएको छ । त्यसगरी ८१ हजार ८०० घरहरु क्षतिग्रस्त भएका छन् । दुई लाख ३०० हेक्टर जमिनको धान वाली नष्ट भएको बताइएको छ भने, ४९ हजार ७०० हेक्टर जमिनको अन्य वालीनाली नष्ट भएको छ ।

यसैबीच सो प्रकोपको कारण ३६ हजार गाई भैँसीको मृत्यु भएको छ । एक लाख ९८ हजार कुखुरालगायतका पशुपक्षीको मृत्यु भएको छ ।

सन् २०१६ को पहिलो आठ महिनमा यस प्रकोपबाट दुई लाख ४३ हजार पाँच सय घरपरिवार प्रभावित भएका छन् । – रासस÷सिन्ह्वा

The post भियतनाममा आँधीबाट ७० काे मृत्यु appeared first on नेपाल आज.


बाँकी NEPAL123.COM मा पढौं

No comments:

Post a Comment