हेडलाइन्स टिप्पणी ।
यस्तो थियो ओली दम्भ
मुलुकको कार्यकारी प्रमुखमा रहँदा प्रधानमन्त्री केपीले ओलीले तराई मधेसका सवाललाई कहिल्यै गहन रुपमा लिएनन् । हचुवा उखान, टुक्का र टिप्पणीमा तराई मधेसको समस्यालाई मजाकमा उडाउन ओली खप्सिस देखिए । तराई मधेसका जायज माग यही हुन् यी पूरा गर्न सकिन्छ यी सकिंदैन भन्नुको सट्टा आफ्नो कार्यकाल भरि मधेसीलाई चिढ्याउने काम गरे ।
करिश्माको भावुक स्ट्याटस- बुवा भनेको कस्तो हुन्छ थाहा छैन
वार्ताको लागि औपचारिकताको लागि केही थान पत्र पठाए तर, वार्तँको लागि अग्रसरता लिएनन्, लिन उचित ठानेनन् । ठाने त केवल उही उखान, टुक्का र टिप्पणीले मधेससलाई पखाल्न । परिणाम बल्ल आएको संविधान सर्वस्वीकार्य बन्न सकेन । महत्वपूर्ण तराई मधेसको पक्ष संविधानको केही प्रावधानमा असहमत भयो । संसोधनका माग गर्दै आयो । ओली ‘टसको मस’ भएनन् । हेर्दा लाग्छ ओलीले गरेको टिप्पणी नै अहिले सत्य सावित हुँदैछ ।
ओली देउवा र प्रचण्डको स्याबासी
ओलीको यही दम्भी चरित्रले संविधान कार्यान्वयनको बाटो नखुलेको भन्दै कांग्रेस र माओवादीको गठबन्धन बन्यो र ओली सत्ताबाट बिदा गरियो । सत्ताबाट ओलीलाई बिदाई गर्दै गर्दा कांग्रेस र माओवादीको प्रण थियो–मधेसलाई विश्वासमा लिंदै संविधान कार्यान्वयन गर्ने, संसोधन गर्ने, स्थानीय तह, प्रदेश र केन्द्रको चुनाव गर्ने ।
तर, ओलीलाई हटाएको एक महिना पुग्न तीन दिनमात्र बाँकी हुँदाका यी दिनमा सरकारको नेतृत्व गरेको दलका माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले नतिजा निस्कने गरी वाचा अघि बढाउने प्रयास नै गरेका छैनन् । यसको सीधा देखिने पक्ष हो की प्रचण्ड र देउवाले ओलीलाई नै खुशी बनाउँदैछन् । किनकी ओली मधेस आन्दोलन, मधेसीका माग केही पनि जायज छैन भनेर हुचुवामा बोल्थे मजाक गर्थे ।
दवाव र तनावमा प्रचण्डः देउवाबाटै अफ्ठेरो पर्ने संकेत
तर, प्रचण्ड र देउवाले ओलीको क्षुब्ध भाषा बोलेका छैनन्, तर, नबोलिकनै मधेसलाई चिढ्याउँदै छन् । यसको संकेतका रुपमा बुझ्न सकिने गरी संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले केही दिन बोलिसकेका छन्, ‘प्रचण्ड पनि ओलीकै पथमा हिंडे ओली सरकार झैं ढल्छ ।’ उनको भनाईको अर्थ सामान्य लाग्छ सक्छ । तर, यसभित्रको चुरो कुरो के हो भने यादवले प्रचण्ड र देउवाबाट पनि आफूहरुको उचित माग सम्बोधन गर्ने तदारुकता देखेका छैनन् ।
२०७४ माघसम्म तीनवटा चुनाव भएर नयाँ जनप्रतिनिधि आइसक्नुपर्ने राप र तावकाबीच प्रचण्डले कसरी मधेसलाई समेत साथ लिएर अग्रसरता लिन्छन् प्रमुख सवाल भनेर उभिएको छ । किनकी कांग्रेस र माओवादीलाई अब सममको सुविधा छैन । छोटो समयमा धेरै काम गर्नुछ, तर, ओलीलाई खुशी बनाउनेभन्दा समाधानको बाटोमा उनीहरु अघि बढेका छैनन् ।
साँच्चै इमान्दार बन्थे भने अहिले दिनहुँ दर्जनौं बैठक बस्थे, मधेसका जायज माग पूरा गर्न अग्रसरता देखिन्थ्यो । तर, कांग्रेस र माओवादी नेतृत्व यतिखेर न माग सम्बोधन गर्न सकिरहेका छन्, न हुँदैन भन्न सकिरहेका छन् । तत्काल अग्रसरता लिई छिटो निर्णयमा पुग्नुपर्ने बेला प्रचण्ड र देउवा र यसरी निरपेक्ष बस्न मिल्छ ?
सत्तामा मात्र प्रयोग
जब मधेस केन्द्रित दलहरु सडकमा आइसकेका थिए, उनै विरुद्ध मधेसी दलहरु सुशीललाई भोट हाल्न आए तर, उनीहरुको भोटले काम गरेन । ओली नै जित्न पुगे । फेरि ९ महिनापछि उनै मधेसी दलहरु ओलीलाई हटाउनका लागि संसदमा आए यसपटक हटाउने प्रयासमा सफल भए । तर, आफ्ना जाजय मागको सुनुवाईको छेउछाउसम्म पनि पुगेका छैनन् ।
ओली निहुँ, आँखा सत्ता र शक्तितिर
ओलीलाई हटाएपछि रातारात संविधान संसोधन हुन्छ । मधेसीहरु विश्वासमा आउँछन् भनेर कांग्रेस र माओवादीका नेताल फलाक्न छोड्नन् । तर, उनीहरुको गैरजिम्मेवारीपनाले सत्ता फेर्नेभन्दा उनीहरुको अर्को कुनै योजना र उद्देश्य थिएन की प्रष्ट हुँदै गएको छ । किनकी समयमा सुविधा नभएको यो बेलामा दिनकै पटकौंपटक मधेसी मोर्चासँग वार्ता हुनुपथ्र्यो । यसमा एमालेलाई साथमा लिनुपर्ने थियो । तर, यसमा न प्रचण्डको अग्रसरता छ न देउवाको सहयोग छ । ओलीलाई हटाइहालियो अब आफू अनूकूलको समयमा स्थानीय पुरानै संरचनामा चुनाव गर्नतिर कांग्रेस र माओवादी डाहोरिने जस्तो देखिएको छ । पुरानै संरचनामा चुनाव गर्न कांग्रेस सभापतिले प्रष्टै बोलिसकेका छन् ।
उता कांग्रेसलाई पुरानै संरचनामा चुनाव गरेर भए पछि चैतपछि सरकार आफ्नो पक्षमा पार्नुपर्ने अवस्था छ । ओलीलाई निहु बनाएर देउवाले अन्ततः सोचेको सत्ता र शक्ति नै हो भन्ने देखिन्छ । किनकी अब ८ महिनापछि आफू प्रधानमन्त्री बन्ने गरी देउवाले प्रचण्डसँग सम्झौता नै गरिसकेका छन् ।
उल्टो बाटोमा
मधेसीसँग कुरा नमिलिरहँदा प्रचण्ड र देउवाको बाटो भने उल्टो देखिएको छ । किनकी लामो त्याग, तपस्या लडझडपछि स्थापित भएको संघीयतालाई कार्यान्वयन गराउनकै लागि प्रधानमन्त्री प्रचण्ड र देउवा नै अग्रसरत छैनन् की भन्ने देखिएको छ । स्थानीय निकाय पुनर्संरचना आयोगले ५६५ वटा स्थानीय तहको प्रस्ताव गरे पनि कांग्रेस र माओवादीबाट अहिले यो होइन पहिले भएका ९२७ इलाकालाई स्थानीय तह मानेर जाउँ भन्ने अभिव्यक्ति आइरहेका छन् । यतिधेरै पैसा समय खर्चिएपछि फेरि पूरानै संरचनामा जाने जिम्मेवारी नेताको अभिव्यक्तिले नेपाललाई कहाँ पर्याउला ?
प्रचण्डले बिना मगरका बाबु आमासँग भेट्दा गालीको वर्षा
The post प्रचण्ड र देउवा ओलीलाई खुशी बनाउने बाटोमा ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
बाँकी NEPAL123.COM मा पढौं
No comments:
Post a Comment