रोचक सामग्री


खोजी

Thursday, September 1, 2016

इन्जिनियर श्रेष्ठविरुद्ध आरोपपत्र

काठमाण्डु, १६ भदौ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाण्डु महानगरपालिका–३ मा कार्यरत सब इन्जिनियर दिनेश श्रेष्ठविरुद्ध बिगो तीन लाख कायम गरी कैद र बिगोबमोजिम जरिवाना माग गर्दै विशेष अदालत काठमाण्डुमा बिहीबार आरोपपत्र दायर गरेको छ ।

घर निर्माण सम्पन्न प्रमाणपत्र बनाइदिने प्रयोजनका लागि सेवाग्राहीसँग तीन लाख घुस लिँदै गर्दा पक्राउ परेका उनीविरुद्ध आज अरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
यसैगरी, जनप्रिय निमावि भुवनपोखरी पाल्पाका शिक्षक विनोदकुमार भण्डारीविरुद्ध झुटा स्थायी अध्यापन अनुमतिपत्र पेस गरी शिक्षकमा स्थायी नियुक्ति लिएको पुष्टि भएपछि उनीवरुद्ध बिहीबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।



Read More: इन्जिनियर श्रेष्ठविरुद्ध आरोपपत्र

No comments:

Post a Comment