रोचक सामग्री


खोजी

Thursday, September 1, 2016

दलहरुको सत्ता लोभले गर्दा देश संकटमा फस्यो: कमल थापा

सिन्धुली, १६ भदौ- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले दलहरुको सत्ता लोभले गर्दा देश सङ्कटमा परेको बताएका छन् ।

सदरमुकाम सिन्धुलीमाढीमा राप्रपा नेपाल सिन्धुलीले आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता थापाले लामो समयदेखि सङ्क्रमणबाट गुज्रेको देश संविधान निर्माणपछि जनताको अपेक्षानुसार अगाडि बढ्न नसकेको बताउदै संविधान कार्यान्वयन गर्दै सङ्क्रमणको अन्त्य गर्न अगाडि बढ्नुपर्नेमा राजनीतिक दलहरु फेरि सत्ता केन्द्रित खेलमा लागेको आरोप लगाए ।

त्यस्तै, महोतरीको बर्दिवासमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्र हुने गरी संविधान संशोधन हुनुपर्ने बताएका छन् ।

कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘संविधान निर्माणका बेला लोकतान्त्रिक प्रक्रियालाई मानेर मात्र हामीले आफ्ना कुरा थाति राखेका थियौ, अहिले सत्तारुढ दल र मधेसकेन्द्रित दलले संविधान संशोधनको कुरा उठाएका छन्, संशोधनमा हाम्रा माग पनि समेटिनुप¥यो ।’

अध्यक्ष थापाले सत्तारुढ दलले चाहेजस्तो संशोधन प्रस्ताव दर्ता गरेपछि त्यसको अध्ययनको आधारमा आफ्नो पार्टीले धारणा बनाउने बताए ।



Read More: दलहरुको सत्ता लोभले गर्दा देश संकटमा फस्यो: कमल थापा

No comments:

Post a Comment