रोचक सामग्री


खोजी

Thursday, September 1, 2016

माओवादीहरु जुट्न सुरु भएपछि उनीहरुको निदहराम हुँदैछः बादल

काठमाण्डु, १६ भदौ– नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ले माओवादी शक्ति फुटमा पुगेर टुंगिने खतरा बढेपछि जनविरोधी शक्तिहरुले टाउको उठाउने मौका पाएको बताएका छन् ।

बिहीबार अखिल क्रान्तिकारीको ३ नम्बर प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

अबका दिनमा जनविरोधी शक्तिहरुका विरुद्ध माओवादीहरु जुट्न सुरु गरिसकेको बताउँदै उनले फुटबादलाई परास्त गरी विजयको झण्डा गाड्नका निम्ति माओवादीहरु एकताबद्ध हुने अभियान सुरु भइसकेको प्रस्ट पारे ।

माओवादीहरुको एकताले अब जनविरोधी शक्तिहरुको निदहराम हुने बताउँदै उनले आफुहरुले अब विजयको झण्डा गाड्ने बताए ।

विद्यार्थी संगठनभित्र देखिएको समस्यालाई पार्टीले सम्बोधन गर्ने बताउँदै पार्टी संगठन विभाग प्रमुख समेत रहेका बादलले पार्टी एकतासँगै संगठनात्मक क्षेत्रमा देखिएका समस्यालाई समेत तत्काल हल गर्दै जाने दाबी गरे ।

एकता भेलामा अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने, पूर्व अध्यक्ष रमेश मल्ल लगायतले पनि बोलेका थिए । सम्मेलनमा तीन सयभन्दा बढी प्रतिनिधि सहभागी रहेका छन् । सम्मेलनको शुक्रबारदेखि बन्दसत्र सुरु हुँदैछ ।



Read More: माओवादीहरु जुट्न सुरु भएपछि उनीहरुको निदहराम हुँदैछः बादल

No comments:

Post a Comment