रोचक सामग्री


खोजी

Thursday, September 1, 2016

सत्तारूढ दलका सांसदद्वारा सरकारको आलोचना

CA_BICC News

काठमाडौं । सरकारलाई सर्मथन गरेका सत्तारूढ दलका सांसदहरुले नै सरकारको आलोचना गरेका छन । प्रमुख सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद्ले नै सरकारमाथि कालोबजारीयाहरुसँग लुकामारी खेलेको आरोप लगाएका छन् । व्यवस्थापिका संसद्को बिहिबार बसेको बैठकमा शून्य र विशेष समयमा भाग लिएका माओवादी केन्द्रका सांसद्हरुले बजार अनुगमनका नाममा सरकारले कालोबजारियाहरुसँग लुकामारी खेलेको आरोप लगाएका हुन् ।

सांसद् अग्नीप्रसाद सापकोटाले बजार अनुगमन सुरु हुँदा जनतामा आशा पलाए पनि कैफियत फेला परेका व्यापारीका फर्म र पसलमा गरिएको सिलबन्दी धमाधम खोलिनु रहस्यमय भएको बताए ।  उनले कैफियत फेला परेका पसल र फर्मको सिलबन्दी खोलिनुले बजार अनुगमन सरकार र व्यापारीहरुको लुकामारी खेलजस्तो देखिएको बताए ।

बैठकमा नेकपा माओवादी केन्द्का तर्फबाट मनोनित सांसद् जनकराज जोशी र नेपाली काँग्रेसकी सांसद् रश्मी ठाकुरले मन्त्रीपरिषद्बाट निर्णय गराएर पूर्वपदाधिकारीको नाममा पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई अमेरिकामा उपचारका लागि ६० लाख रुपैयाँ दिइएकाप्रति सरकारको आलोचना गरिन् । यस्तै माओवादी केन्द्रकै सांसद् रामनारायण बिडारीले मुलुकमा जताततै भ्रष्ट्राचार र कालोबजारी व्याप्त रहेपनि तिनलाई न्युनिकरण गर्नका लागि सरकारले कार्यनीति ल्याउन नसकेको बताए ।

उनीहरुले सामान्य नागरिकले उपचारको अभावमा ज्यान गुमाइरहेको अवस्थामा पूर्वराष्ट्रपति डा. यादवलाई अमेरिकामा उपचारका लागि राज्यकोषबाट ठूलो रकम दिइनु आपत्तिजनक भएको बताइन् ।  सांसद् जोशीले पूर्वपदाधिकारीहरुलाई पहुँचका आधारमा मन्त्रीपरिषद्बाट निर्णय गराएर जथाभावीरुपमा सुविधा दिने क्रम रोकी पूर्वपदाधिकारीको सुविधा सम्बन्धी विधेयक तत्काल संसद्मा पेश गर्न सरकारको ध्यानाकर्षण गराइन् । बैठकमा अर्को सत्तारुढ नेपाली काँग्रेसका सांसद् रामहरि खतिवडाले सांसद्हरुले शून्य र विशेष समयमा उठाएका सवालबारे मन्त्रीहरुबाट जवाफ दिने व्यवस्था गर्न माग गरेका थिए ।


बाँकी NEPAL123.COM मा पढौं

No comments:

Post a Comment