रोचक सामग्री


खोजी

Thursday, September 1, 2016

गंगामायाले मन्त्री गगन थापालाई भनिन्–‘माग सम्बोधन गरिदिनोस्

ganga ra gaganकाठमाडौं, भदौ १६ । छोरा कृष्णप्रसादका हत्यारालाई कारबाहीको माग गर्दै लामो समयदेखि वीर अस्पतालमा अनशनरत् गोर्खा, फुजेलकी गंगामाया अधिकारीले आफ्नो माग तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेकी छन् ।

पछिल्लो समयमा १८ दिनदेखि आमरण अनशनमा रहेकी अधिकारीलाई भेट्न विहीबार वीर अस्पताल पुगेका स्वास्थ्यमन्त्री गगन थापासँग गंगामायाले यस्तो माग गरेकी हुन् ।

गंगामायाले स्वास्थ्यमन्त्री थापामार्फत् प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफ्नो माग सम्बोधन गर्न आग्रहसमेत गरेकी छन् ।

२०६१ सालमा चितवनमा माओवादीले हत्या गरेका गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाहीको माग गर्दै अनशनमा रहेकी गंगामाया पछिल्लोपटक दाहाल प्रधानमन्त्री बनेपछि पुनः आमरण अनशनमा बसेकी हुन् ।

अनशनकैक्रममा उनका पति नन्दप्रसादको निधन भएको २ वर्ष बितिसक्दा पनि उनको शवको अन्त्येष्टि हुन सकेको छैन ।

 



Read More: गंगामायाले मन्त्री गगन थापालाई भनिन्–‘माग सम्बोधन गरिदिनोस्

No comments:

Post a Comment