रोचक सामग्री


खोजी

Thursday, September 1, 2016

एसियाली शारीरिक सुगठन प्रतियोगतामा नेपालबाट ६ खेलाडी सहभागी हुने

body

भदाै – १६ । भुटानको थिम्पुमा हुने ५० औं एसियाली शारीरिक सुगठन प्रतियोगतामा नेपालबाट एक महिलासहित ६ खेलाडी सहभागी हुने भएका छन् ।

पुरुषको ५५ केजीमा सुरेश गुरुङ, ६५ केजीमा रामबहादुर दाहाल तथा ७० केजीमा महेश महर्जनले भाग लिने छन् । स्पोर्ट्स फिजिकको पुरुषतर्फ विमललाल श्रेष्ठ, विजयत्तमरत्न वज्राचार्य तथा महिलामा निर्मला खड्काले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

भुटान जाने नेपाली टोली नेतामा नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका प्रथम उपाध्यक्ष विजयलाल कायश्थ तथा प्रशिक्षकमा शारीरिक सुगठनका मुख्य प्रशिक्षक ज्ञानेन्द्र नकर्मी रहेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, शारीरिक सुगठन संघका अध्यक्ष राजेशबाबु श्रेष्ठलगायतले बिहिबार एक कार्यक्रमबीच बिदाइ गरे ।

प्रतियोगिता भदौ १७ देखि २३ गतेसम्म हुनेछ । नेपाली टोली शुक्रबार भुटान प्रस्थान गर्नेछ ।

The post एसियाली शारीरिक सुगठन प्रतियोगतामा नेपालबाट ६ खेलाडी सहभागी हुने appeared first on नेपाल आज.


बाँकी NEPAL123.COM मा पढौं

No comments:

Post a Comment