रोचक सामग्री


खोजी

Thursday, September 1, 2016

विदेश राज्यमन्त्री किसी स्वदेश फिर्ता

काठमाडौँ, १६ भदौ । जापानका विदेश राज्यमन्त्री नोबो किसी नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी आज अपराह्न स्वदेश फर्केका छन् ।

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सव समारोहमा सहभागी हुन आएका राज्यमन्त्री किसीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री कृष्णबहादुर महरा र परराष्ट्रमन्त्री डा प्रकाशशरण महतसँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राज्यमन्त्री किसीलाई नेपालका लागि जापानी राजदूत मासासी ओगावा, परराष्ट्र मन्त्रालय र यहाँस्थित जापानी दूतावासका उच्च अधिकारीले बिदाई गरे।

The post विदेश राज्यमन्त्री किसी स्वदेश फिर्ता appeared first on Diyo post.



Read More: विदेश राज्यमन्त्री किसी स्वदेश फिर्ता

No comments:

Post a Comment