रोचक सामग्री


खोजी

Thursday, September 1, 2016

कोटेश्वर-कलंकी सडकको ५ किलोमिटर कालोपत्र हुने

 

१६ भदौ, काठमाडौं । आठ लेनको कलंकी-कोटेश्वर सडकखण्ड अन्र्तगतको ५ किलो मिटर दुरी आगामी वर्षा माैसम सुरु नहुँदै कालोपत्र हुने भएको छ ।

koteshower-kalanki-sadakचक्रपथ सुधार आयोजनाका प्रमुख रमेश दृष्टिका अनुसार १० किलो मिटर सडक निमार्ण जिम्मा पाएको चिनियाँ संघाइ कस्ट्रक्सन ग्रुपले पहिलो चरणमा कोटेश्वर देखि एकान्तकुनासम्मको सकड कालोपत्र गर्न लागेको हो । पूरै सडक एकै पटकमा निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्न नसकेपछि निर्माण ग्रुपले चरणबद्ध रुपमा गर्न लागेको उनले बताए।

निर्माण ग्रुपले योसँगै कलंकी चोकको अन्डर ग्राउण्ड सडक पनि निर्माणकार्य सुरुगर्ने भएको छ । भर्खरै मात्र कलंकीमा सञ्चालन भइरहेको आकाशे पुल पनि निर्माण कम्पनीले भत्काउने काम सम्पन्न गरेको उनले बताए ।

योसँगै निर्माण कम्पनीले अहिलेसम्म आठ लेनको कोटेश्वर-कलंकी सडकको ४८ प्रतिशत काम सम्पन्न गरेको उनले बताए । निर्माण कम्पनीले सडक निर्माणको सबैभन्दा महत्वपूर्ण काम अन्तर्गतको पुल निर्माणको काम भने अन्तिम चरणमा पुर्‍याइसकेको उनले बताए ।

निर्माण कम्पनीले सडक निर्माणको काम २०१३ जुनबाट सुरु गरेको हो । सम्झौता अनुरुप समयमै काम हुन नसकेपछि भूकम्प र नाकाबन्दीलाई प्रमुख कारण देखाउँदै आठ लेनको कोटेश्वर-कलंकी सडक निर्माण अवधि थप हुने गरी पुनः सम्झौता भएको थियो ।

सम्झौता नवीकरण भएसँगै अब सांघाई कन्स्ट्रक्सन ग्रुपले २०१८ जुलाई ३१ सम्म सडक निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ । यसअघि सन् २०१३ जूनबाट काम सुरू गरी ४० महिनामा योजना सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।

कंलकी-कोटेश्वर सडक निर्माणको सम्पूर्ण खर्च चीन सरकारकै रहने छ । यसको निर्माण लागत ३१ करोड २० लाख आरएमबी (चिनियाँ मुद्रा) हो । सांघाई ग्रुपले ७० प्रतिशत रकम लिइसके पनि काम गर्न भने अझै ५२ प्रतिशतकै हाराहारीमा बाँकी रहेको दृष्टिले बताए ।


बाँकी NEPAL123.COM मा पढौं

No comments:

Post a Comment