रोचक सामग्री


खोजी

Thursday, September 1, 2016

किन पुगे राष्ट्रपति भेट्न प्रधानमन्त्री प्रचण्ड शीतल निवास ?

काठमाण्डु, १६ भदौ– राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ ।

prachanda-bidhya

राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटवार्तामा प्रधानमन्त्रीले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा राष्ट्रपतिलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले नियमित भेटवार्ताका क्रममा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको जानकारी दिए ।

सो भेटमा नेपालको संविधानअनुसार आगामी २०७४ माघभित्र सम्पन्न गर्नुपर्ने विभिन्न निर्वाचन र संविधान कार्यान्वयनका विषयमा कुराकानी भएको बुझिएको छ ।



Read More: किन पुगे राष्ट्रपति भेट्न प्रधानमन्त्री प्रचण्ड शीतल निवास ?

No comments:

Post a Comment