रोचक सामग्री


खोजी

Thursday, September 1, 2016

अमेरिका र जापानलाई चीनको चेतावनी- कदम चाल्न बाध्य नबनाउ


१६ भदौ, एजेन्सी ।

चीनले अमेरिका र जापानलाई आफूबिरुद्ध रणनीतिक गठबन्धन नगर्न चेतावनी दिंदै त्यसो भएमा उक्त प्रतिस्पर्धालाई स्वीकार गर्न बेइजिङ बाध्य हुने चेतावनी दिएको छ ।

भारतीय मिडिया भन्छ- नेपालमा चीनको कमजोरीको फाइदा भारतले उठाउँदैछ

सरकारी सञ्चार माध्यमकोरुपमा रहेको चीनियाँ दैनिक ‘द ग्लोबल टाइम्स’ले सम्पादकीय लेख्दै अमेरिका लगायतका उसका गठबन्धन शक्तिसँग कुटनीतिक प्रतिस्पर्धा गर्न तयार रहेको चेतावनी दिएको हो ।

chinese army


सम्पादकीयमा भनिएको छ,‘अमेरिका र जापानले आफ्नो भूराजनीतिक कार्ययोजनाको केन्द्रमा चीनलाई राखेको देखिन्छ । तर बेइजिङ यी दुईको योजना अनुरुप आफ्नो ध्यान त्यसतर्फ आकृष्ट हुन दिंदैन । २१ औं शताब्दीको भूराजनीति कसैलाई घेराबन्दी गर्ने परम्परागत खेल जस्तो होइन । बाहिरी विश्वले चीनियाँ कुटनीतिलाई गलत बुझेको छ ।’

दवाव र तनावमा प्रचण्डः देउवाबाटै अफ्ठेरो पर्ने संकेत

सम्पादकीयमा अगाडी भनिएको छ, ‘चीनले आधुनिक राष्ट्रिय प्रतिरक्षा निर्माण गर्नु आवश्यक छ र दीर्घकालीन आर्थिक ऊर्जा र आफ्नो दृष्टिकोणलाई विस्तार गर्नुपर्छ । चीनियाँ सेना यति बलियो हुनुपर्छ कि कुनै बाह्य सैन्य दवावलाई पराजित गर्न सक्नुपर्छ । चीनियाँ अर्थतन्त्रले आफ्नो दीर्घकालीन समृद्धिको गतिलाई कायम राख्दै अमेरिकी अर्थतन्त्रलाई उछिन्नेछ ।’

भारतलाई पनि चीनले चेतावनी दिएको छ । क्षेत्रीय साझेदारीका लागि पनि अनावश्यक कुरामा निहुँ खोजेर चीनसँगको सम्बन्ध नविगार्नु नै चीनका लागि बुद्धीमानी हुने ग्लोबल टाइम्सको भनाइ छ ।

चीन भर्सेज भारतः को सँग कति सेना र हतियार (फिचर)

साउथ चाइना सीको विषयमा भारतले अनावश्यक पाखुरा सुर्किँदा दुई देशबीचको सम्बन्धमा समस्या आउने तर्फ पनि उक्त पत्रिकाले सचेत तुल्याएको छ ।


The post अमेरिका र जापानलाई चीनको चेतावनी- कदम चाल्न बाध्य नबनाउ appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.


बाँकी NEPAL123.COM मा पढौं

No comments:

Post a Comment