रोचक सामग्री


खोजी

Thursday, September 1, 2016

व्यवस्थापिका संसद्बाट चार विधेयक पारित

CA-Bicc_2nd-Nepal

काठमाडौं । व्यवस्थापिका संसद्ले चार वटा विधेयक पारित गरेको छ । संसद्बाट विधेयक पारित भएसँगै कर्मचारी संचय कोषलाई सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका निकायद्वारा प्रवद्र्धित पूर्वाधार निर्माणसँग सम्बन्धित कम्पनीको शेयरमा लगानी गर्ने बाटो खुलेको छ ।
व्यवस्थापिका संसद्को बिहिबार बसेको बैठकले कर्मचारी सञ्चय कोष (नवौं) संशोधन विधेयक २०७३, लेखापरीक्षण (पहिलो संशोधन) विधेयक २०७३, नेपाल राष्ट्र बैंक (दोस्रो संशोधन) विधेयक २०७३ र निक्षेप तथा कर्जा सुरक्षण कोष विधेयक २०७३ पारित गरेको हो । बैठकले कर्मचारी सञ्चय कोष (नवौं) संशोधन विधेयक सर्वसम्मतिले तथा बाँकि तीन विधेयक वहुमतले पारित गरेको हो ।

कोषले उर्जा उत्पादन, प्रसारण, पर्यटन, कृषि, विकास र अन्य पूर्वाधार निर्माणसँग सम्बन्धित कम्पनीको शेयरमा लगानी गर्न पाउने गरी विधेयक पारित गरिएको छ । कोषले अहिले शेयरमा २२ अर्ब २० करोड रुपैयाँ लगानी गरेको छ । संसद्ले ५ लाख संचयकर्ताको १ खर्ब ८७ अर्ब ५६ करोड ५३ लाख रुपैयाँ संचय कोष रहेको कोषलाई विश्वविद्यालय, शिक्षण अस्पताल, मेडिकल कलेज र औषधी उत्पादनमा लगानी गर्ने बाटो पनि खोलिदिएको छ ।

कोषले अहिले लगानी गर्ने ठाउँ नपाएर ३६ अर्ब ८७ करोड रुपैयाँ वाणिज्य बैंकहरुमा मुद्दती खातामा राखेको छ । यस्तै, संसद्बाट नेपाल राष्ट्र बैंक (दोस्रो संशोधन) विधेयक पारित भएसँगै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर तथा उच्च अधिकृतहरुले अवकाशलगत्तै अन्य बैंक तथा वित्तिय संस्थामा जागिर खान नपाउने भएका छन् ।

डेपुटी गभर्नरहरुले अवकाश पाएको तीन वर्षसम्म तथा अन्य उच्च अधिकृतहरुले २ वर्षसम्म अन्य बैंक तथा वित्तिय संस्थामा जागिर खान नपाउने गरी विधेयक पारित गरिएको हो । पारित विधेयकमा तोकिएको अवधिपछि जागिर खाँदा पनि नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने व्यवस्था छ ।


बाँकी NEPAL123.COM मा पढौं

No comments:

Post a Comment