रोचक सामग्री


खोजी

Thursday, September 1, 2016

मापदण्ड विपरित सञ्चालित दुई उद्योगमा शिलबन्दी

Shilbandi

१६ भदौ, झापा । खाद्यान्नमा मिसावट र म्याद गुजि्रएका खाद्य सामग्री बिक्री गरेको व्यापक जनगुनासो बढेपछि जिल्ला बजार अनुगमन समितिले सुरु गरेको अनुगमनका क्रममा मापदण्ड विपरित सञ्चालित झापाका दुई उद्योगमा शिलबन्दी गरिएको छ ।

झापाका सहायक प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाको नेतृत्वमा रहेको अनुगमन टोलीले मेचीनगर नगरपालिकामा रहेको शर्मिला विस्कुट उद्योग र अस्मिता पाउरोटी उद्योगमा शिलबन्दी गरेको हो ।

विस्कुट उद्योगको सञ्चालक शर्मिला बुढाथोकी हुन् भने कुलबहादुर पोखरेलले पाउरोटी उद्योगका सञ्चालन गरेका हुन् ।

शिल गरिएका दुवै उद्योगले उत्पादनमा मिति, तौल र लेवल गलत लेखेको पाइएको सहायक प्रजिअ निरौलाले बताए ।

अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक प्रेम आर्याल, घरेलु तथा साना उद्योग कार्यालय, झापाका अधिकृत गोपाल सुब्बा, जिल्ला प्रशासन कार्यालय झापाका नायव सुब्बा तेजेन्द्र न्यौपाने लगायत थिए ।



Read More: मापदण्ड विपरित सञ्चालित दुई उद्योगमा शिलबन्दी

No comments:

Post a Comment