रोचक सामग्री


खोजी

Thursday, September 1, 2016

धनगढीमा १० जना स्क्रब टाइफसको बिरामी भेटिए

कैलाली, भदौ १६ । धनगढीमा १० जना बिरामीमा स्क्रब टाइफसको संक्रमण भेटिएको छ ।

सेती अञ्चल अस्पतालमा  उपचारका लागि आएकामध्ये १४ जनाको रगत परीक्षण गर्न काठमाडौं पठाउँदा १० जनामा स्क्रब टाइफस भेटिएको अस्पतालकी मेडिकल वार्ड इन्चार्ज यशोदा ढकालले जानकारी दिइन् ।

अहिलेसम्म अस्पतालले पठाएका २२ नमुनामा १६ जनामा स्क्रब टाइफस देखिएको छ ।

अस्पतालकी इन्चार्ज ढकालले गाउँ–गाउँका अरु मानिस पनि स्क्रब टाइफसका बिरामी भएको हुनसक्ने बताइन् ।

स्क्रब टाइफसका बिरामी बढ्नेक्रममा रहेपनि त्यसको परीक्षण गर्ने उपकरण अस्पतालमा नहुँदा समस्या भएको छ ।

एक प्रकारको संक्रमित किर्नाले टोकेमा यो रोग लाग्छ । यो रोग लागेमा टाउको दुख्ने, उच्च ज्वरो आउने, गर्दन र घाँटी वरिपरि मसिना बिमिरा आउने, पसिना आउने, ग्रन्थी सुनिनेलगायतका लक्षण देखिने गर्दछ ।आर्थिक वर्ष २०७३/७४ को सुरुआतमै कैलालीमा यति धेरै स्क्रब टाइफसका बिरामी फेलापरेको यो पहिलोपटक हो ।



Read More: धनगढीमा १० जना स्क्रब टाइफसको बिरामी भेटिए

No comments:

Post a Comment