रोचक सामग्री


खोजी

Thursday, September 1, 2016

प्रधानमन्त्रीको भारत भ्रमणलाई संविधान संशोधनसँग जोड्नुहुँदैन – अध्यक्ष यादव

विराटनगर, १६ भदौ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा संशोधनको प्रक्रिया अविलम्ब अगाडि बढाउनुपर्ने धारणा राखेका छन् ।

सो पार्टीको मोरङ शाखाद्वारा विराटनगरमा आज आयोजित मुलुकको वर्तमान राजनीतिक परिवेश तथा पार्टी प्रवेश कार्यक्रममा उनले संविधानमा संशोधन गर्नकै लागि वर्तमान सरकारको जन्म भएको दाबी गरे ।

उनले संविधान संशोधनका लागि विधेयक तयार नहुनु र संसद्मा प्रवेश नभएकाले आशङ्का हुनु स्वाभाविक हो भने । संविधान संशोधनको विषयमा चारैतिर अन्योलको अवस्था देखिएकाले चिन्ता हुनु स्वाभाविक भएको भन्दै उहाँले सरकारले ढिलाइ गरेमा अर्को राष्ट्रिय आन्दोलन हुने चेतावनी दिए ।

प्रधानमन्त्री दाहालको भ्रमणलाई संविधान संशोधनको विषयसँग जोड्नुहुँदैन । उनले भने – “संविधान संशोधनको विषय आन्तरिक भएकाले सबै मिलेर नै यस समस्यालाई समाधान गर्नुपर्छ ।”

The post प्रधानमन्त्रीको भारत भ्रमणलाई संविधान संशोधनसँग जोड्नुहुँदैन – अध्यक्ष यादव appeared first on Diyo post.



Read More: प्रधानमन्त्रीको भारत भ्रमणलाई संविधान संशोधनसँग जोड्नुहुँदैन – अध्यक्ष यादव

No comments:

Post a Comment