रोचक सामग्री


खोजी

Thursday, September 1, 2016

कमल थापाको एउटै भाषणले भरियो भारतीय मिडियाको हेडलाइन, के भने कमल थापाले भाषणमा?

काठमाडौं, १६ भदौ । राप्रपा नेपालका अध्यक्ष कमल थापा आफ्नो एउटा भाषणका कारण भारतीय सञ्चारमाध्यमको हेडलाइन बनेका छन् ।

पार्टी कार्यकर्ता प्रशिक्षणका सिलसिलामा हाल पूर्वी नेपालको भ्रमणमा रहेका थापाले प्रस्तावित संविधान संशोधनमा धर्म निरपेक्षता शब्द हटाइ हिन्दू राष्ट्र शब्द राख्न माग गरेका थिए ।

उनको यो भाषण भारतमा पनि चर्चित बनेको छ । भारतमा सत्तामा रहेको हिन्दूवादी पार्टी वीजेपी तथा बहुसंख्यक हिन्दू धर्मालम्बी भएको भारत नेपाल हिन्दू राष्ट्र होस भन्ने चाहन्छ । जसअनुरुप हिन्दू राष्ट्रसम्बन्धी भाषणहरु भारतीय मिडियाका प्रमुख हेडलाइन बन्ने गरेका छन् ।

पूर्व उपप्रधानमन्त्री थापाले धनकुटामा गरेको भाषण ‘यदि सरकार मधेसी पार्टीहरुको मांग पूरा गर्नका लागि संविधान संशोधन गर्न कुनै नयाँ विधेयक पेस गर्छ भने त्यो संशोधन विधेयकमा धर्मनिरपेक्षता हटाएर नेपाललाई हिन्दू राष्ट्रका रुपमा घोषणा गर्ने एक प्रावधान पनि समावेश गर्नुपर्छ । आम जनताको हितमा आउने संविधान संशोधनको कुनै पनि प्रस्ताव हामी स्वीकार्न तयार छौं ।’लाई भारतीय मिडियाहरुले कभरेज गरेका छन् ।

यस्तो छ समाचार हेडलाइन:

news-hindu



Read More: कमल थापाको एउटै भाषणले भरियो भारतीय मिडियाको हेडलाइन, के भने कमल थापाले भाषणमा?

No comments:

Post a Comment