रोचक सामग्री


खोजी

Thursday, September 1, 2016

अझै लड्न वाँकी छ, जुट्नुको विकल्प छैन : वादल

काठमाडौं, भदाै १६ । नेकपा (माओवादी केन्द्र )का वरिष्ठ नेता रामवहादुर थापा’वादल’ले फुटवादलाई परास्त गरि विजयको झण्डा गाड्नका निम्ति माओवादीहरु एकतावद्ध भएको वताएका छन ।

क्रान्तिकारीहरुको फुटले जनविरोधी शक्तिहरुले टाउको उठाउने मौका पाएको भन्दै नेता वादलले भने-‘अब तिनको निंद हराम गर्दै हामी विजयको झण्डा गाड्ने छौं ।’

अखिल(क्रान्तिकारी)को ३ नं.प्रदेस स्तरीय भेलामा वोल्दै माओवादी केन्द्रका संगठन विभाग प्रमुख समेत रहेका नेता वादलले फरक प्रसङ्गमा भने-‘एकतासंगै संगठनात्मक क्षेत्रमा देखिएका समस्यालाई पार्टीले तत्काल हल गर्नेछ।’ एकता भेलामा अखिल (क्रान्तिकारी)का अध्यक्ष नरेन्द्र न्यौपानेले भने-‘अब क्रान्तिकारीले विद्यार्थी आन्दोलनको मुल प्रवाहको नेतृत्व लिनेछ ।’

आगामी स्ववियु निर्वाचनमा हामी पहिलो संगठन वनाएरै छाड्नेछौं।’ भेलामा अखिल(क्रान्तिकारी)का पुर्व अध्यक्षद्वय रमेश मल्ल र रत्न ढकाल लगायतका वक्ताहरुले क्रान्तिकारीहरुको एकताको आवश्यकता र महत्त्व सहितको शुभकामना मन्तब्य राखेका थिए। ३०० सहभागी रहेको एकता भेलाले भोलि हुने बन्द सत्रवाट ३ नं.प्रदेशको संयोजक वाहेकको नयाँ नेतृत्व निर्वाचित गर्नेछ।संयोजक यस अघि नै विजय गौतम चयन भैसकेका छन्।



Read More: अझै लड्न वाँकी छ, जुट्नुको विकल्प छैन : वादल

No comments:

Post a Comment