रोचक सामग्री


खोजी

Thursday, February 18, 2016

प्रम ओलीको स्वागत गर्न आतुर छ दिल्ली दूतावास, हेर्नुस् फोटोमा बाह्रखम्बा रोडमा तयारी

नयाँ दिल्ली :  पाँच वर्षपछि नेपाली प्रधानमन्त्रीको पहिलो औपचारिक भ्रमण। बाह्रखम्बा रोडस्थित झण्डै ५० रोपनीमा फैलिएको नेपाली दूतावासको चटारो बेग्लै छ। 

‘सन् २०११ मा बाबुराम भट्टराईको भ्रमणपछि पहिलो पटक नेपाली प्रधानमन्त्रीको स्टेट भिजिट हुन लागेको हो,’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुप बिहीबार साँझको प्रेस ब्रिफिङमा बताउँदै थिए।

त्यसैले पनि दूतावासका कर्मचारीहरु बेग्लै किसिमको हतारोमा छन्। गर्नुपर्ने काम धेरै छन् तर समय थोरै छ। शुक्रबारदेखि प्रधानमन्त्री केपी शर्मा ओलीको स्टेट भिजिटको तयारी गर्नुछ।

नेपाली दूतावासका कर्मचारीहरु निरन्तर एमइए (भारतीय विदेश मन्त्रालयको संक्षिप्त रुप) का अधिकारीहरुसँग सम्पर्कमा छन्। भ्रमण दलका सदस्यहरुको नाम थपिने क्रम जारी छ। यसले पनि उनीहरुलाई अप्ठेरो बनाइरहेकै छ।

‘भोलि हिन्दुले पीएमज्युको इन्टरभ्यु गर्न चाहेको छ के गर्ने होला?’ दूतावासका कर्मचारी महामहिम (राजदूत दीपकुमार उपाध्याय) लाई ब्रिफिङ गर्छन्। यस्ता सब विषय टुङ्गो लगाउने अन्तिम निर्णय उनकै काँधमा छ।

‘सिइओ लेभलभन्दा मुनिकालाई इन्भाइट गर्ने होइन’, व्यापारिक समुदायसँग प्रधानमन्त्री ओलीको भेटबारे उनी निर्देशन दिँदै थिए। भ्रमणलाई सकेसम्म प्रभावकारी बनाउनेतर्फ उनी ज्यादै सक्रिय देखिए।

दूतावासलाई भोलिको बेग्लै चटारो पनि छ। भोलि फागुन ७ गते पहिलो पटक प्रधानमन्त्री देश बाहिरको कार्यक्रममा उपस्थित हुँदैछन्।
अरु बेला भए प्रजातन्त्र दिवसको दिन दूतावासले एउटा सामान्य कार्यक्रम गर्ने थियो। तर भोलि प्रधानमन्त्रीको उपस्थितिमा एउटा भव्य कार्यक्रम हुनेछ। यो कार्यक्रमका लागि यहाँका सयभन्दा बढी डिप्लोमेटिक मिसनलाई निमन्त्रणा बाँडिसकिएको छ। ती सहित पाहुना मात्रै ६ सय जना हुने अनुमान छ।

यसका लागि बिहीबार रातो कार्पेटदेखि टेबल कुर्सीसम्मको एरेन्जमेन्टमा व्यस्त थियो दूतावास परिसर।  हेर्नुस् दूतावास परिसरका केही फोटो-

दूतावासभित्रको दृश्य।

राजदूत दीपकुमार उपाध्याय कार्यकक्ष प्रवेश गर्ने क्रममा


बाँकी NEPAL123.COM मा पढौं

No comments:

Post a Comment