रोचक सामग्री


खोजी

Tuesday, February 16, 2016

काठमाडौं कांग्रेसको सभापतिमा बानियाँ र प्रधानको उम्मेदवारी

सचिव पदमा ३ जनाको मनोनयन दर्ता

४ फागुन, काठमाडौं । नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनअन्तर्गत काठमाडौंको सभापति पदमा सबुज बानियाँ र भिमसेनदास प्रधानबीच प्रतिस्पर्धा हुने भएको छ । सभापति पदमा चार जनाको दाबी रहे पनि मनोनयन दर्ता बानियाँ र प्रधानको मात्रै भएको छ ।

सचिव पदमा तीन र कोषाध्यक्ष पदमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।

वैद्य र जोशीको समर्थन बानियाँलाई

यसअघि सभापति पदमा दाबी गर्दै आएका नरोत्तम वैद्य र राजुराज जोशीले बानियाँलाई समर्थन गरेका छन् । काठमाडौंका १० निर्बाचन क्षेत्रमध्ये नौ क्षेत्रीय सभापतिहरुले यसअघि नै बानियाालाई समर्थन गरेका थिए ।

मनोनयन दर्ता गराउन बानियाँ र प्रधान टेकुस्थित काठमाडौं जिल्ला निर्बाचन समितिको कार्यालयमा कार्यकर्ताहरुको जुलुससहित पुगेका थिए । मंगलबार दिउँसो एक बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो ।

सचिवमा तीन जनाको उम्मेदवारी

सचिव पदमा तीन जनाको उम्मेदवारी परेको छ । बानियाँ पक्षबाट राजकुमार नकर्मी र प्रधान पक्षबाट अर्जुन पराजुलीको मनोनयन दर्ता भएको छ । प्रणयसिंह मुन्नाले स्वतन्त्ररुपमा सचिव पदमा उम्मेदवारी दिएका छन् ।

कोषाध्यक्ष पदमा भने नर्बदा पोख्रेल र गोबिन्द पुडासैनीकोे उम्मेदवारी दर्ता भएको निर्बाचन समितिले जनाएको छ ।

नयाँ नेतृत्व चयनका लागि बुधबार बिहान ९ बजेबाट प्रज्ञाभबन कमलादीमा मतदान हुनेछ ।


बाँकी NEPAL123.COM मा पढौं

No comments:

Post a Comment