रोचक सामग्री


खोजी

Sunday, September 11, 2016

अञ्चल अस्पतालमा दरबन्दी छ, विशेषज्ञ छैनन्

२७ भदौ, झापा । सरकारले दरबन्दीअनुसारका विशेषज्ञ डाक्टर नपठाउँदा मेची अञ्चल अस्पतालमा बिरामीको उपचारमा समस्या भएको छ । अञ्चल अस्पतालमा १९ जना विशेषज्ञको दरबन्दी भएपनि छजना मात्र विशेषज्ञ कार्यरत हुँदा सेवाग्राहीलाई सेवा दिन समस्या भएको हो । यतिबेला बालरोग विशेषज्ञको तीनजनाको दरबन्दीमा एकजना छन् । स्त्रीरोगतर्फ तीनजना हुनुपर्नेमा एकजना, फिजिसियनमा पनि तीनजनाको दरबन्दीमा दुईजना विशेषज्ञ […]

Read More: अञ्चल अस्पतालमा दरबन्दी छ, विशेषज्ञ छैनन्

संसारभरबाट ठुलो सङ्ख्यामा आएका मुस्लिम तीर्थयात्री अरबको ‘माउन्ड अराफत’ चढे

साउदी अरव, २७ भदौ । हरेक वर्ष हुने हज यात्राका लागि संसारभरबाट ठुलो सङ्ख्यामा आएका मुस्लिम तीर्थयात्री आइतवार ढुङ्गे पहाड ‘माउन्ड अराफत’ चढेका छन् । पश्चिम साउदी अरवको उक्त पहाडमा तीर्थयात्री प्रार्थना गर्दै र कविता सुनाउदै चढेका छन् । घाम उदाएदेखि नै झण्डै १८ लाख तीर्थयात्री सो पहाडमा जम्मा भएका थिए । समथर भू–भागको बीचमा […]

Read More: संसारभरबाट ठुलो सङ्ख्यामा आएका मुस्लिम तीर्थयात्री अरबको ‘माउन्ड अराफत’ चढे

West Virginia University students win robotics competition

MORGANTOWN: A team of West Virginia University engineering students has won the $750,000 top prize in a NASA robotics competition. The prize was awarded last week at Worchester Polytechnic Institute in Worchester, Massachusetts. WVU’s Statler College of Engineering and Mineral Resources says in a news release that the 10 students earned the most points by […]

Read More: West Virginia University students win robotics competition

आफ्नै आमालाई अध्यक्षमा निर्वाचित गरेपछि सचिवको चर्को विरोध, निर्णय खारेज गर्न माग

पर्वत, २७ भदौ- नेपाली काँग्रेसको भातृ संस्था नेपाल महिला संघ, पर्वतको तेश्रो जिल्ला अधिवेशनबाट निर्वाचित भएको कार्यसमिति खारेज गर्न महिला नेतृहरुले माग गरेका छन । निर्वाचन समितिले अधिबेशन नै सम्पन्न नगरी आफ्नै आमालाई अध्यक्ष निर्वाचित भएको बिबरण केन्द्रमा पठाएको भन्दै महिला नेतृहरुले खारेज गर्न माग गरेका हुन । खारेजीको माग गर्नेमा क्षेत्र नं १ बाट […]

Read More: आफ्नै आमालाई अध्यक्षमा निर्वाचित गरेपछि सचिवको चर्को विरोध, निर्णय खारेज गर्न माग

पर्वतमा मोफसलमै सबैभन्दा बढी राशीको पुरस्कारका लागि अक्षयकोष स्थापना

पर्वत, २७ भदौ- मोफसलमा पत्रकारिता, सामाजिक अभियान्ता र मानवअधिकारको क्षेत्रमा काम गर्ने गरी मोफसलमा नै सबैभन्दा बढी राशीको पुरस्कार स्थापना भएको छ । नेपाल पत्रकार महासंघ पर्वत र प्रेस चौतारी पर्वतका संस्थापक अध्यक्ष एबम यस न्यु कालीगण्डकी दैनिकका प्रधान सम्पादक भोलानाथ शर्माले फाउण्डेसन र राष्ट्रिय पुरस्कार स्थापना गर्नुभएको हो । आफ्नो ४५ औं जन्मदिनको अवसरमा […]

Read More: पर्वतमा मोफसलमै सबैभन्दा बढी राशीको पुरस्कारका लागि अक्षयकोष स्थापना

नेपालकै उत्कृष्ट रेन्बोट्राउट फर्म बाढीले बगाउँदा एक करोडको क्षति

पर्वत, २७ भदौ- पर्वत जिल्लाको पहिलो बाजुङ गाउँ बिकास समिति–६ स्थित मुलुककै उत्कृष्ट पातिखोला रेन्बोट्राउट फार्म बाढीले बगाएको छ। पातीखोलामा बुधबार राती आएको बाढीले फर्म बगाएको हो । मुलुककै नमुना फर्म बगएपछि झण्डै १ करोड क्षति भएको छ। यो फर्म गत बर्ष विश्व खाद्य दिवसका अवसरमा मत्स्यपालन फार्म तर्फ मुलुककै उत्कृष्ट फार्म घोषित भएको थियो […]

Read More: नेपालकै उत्कृष्ट रेन्बोट्राउट फर्म बाढीले बगाउँदा एक करोडको क्षति

बोनस खान लाखौं नक्कली खाता ! ५३ सय कर्मचारीको जागिर चट

२७ भदौ, काठमाडौं । बैंकको शुल्क तिर्न कसैलाई मन हुँदैन । तर, यदि बैंकले नै तपाईको नाममा नक्कली खाता खोलेर रकम काट्यो भने ? अमेरिकाको वेल्स फार्गोका ग्राहकलाई यस्तै भएको छ । अमेरिकाको बैंकिङ नियमक निकाय कन्जुमर फाइनान्सियल प्रोटेक्सन ब्यूरोका अनुसार वेल्स फार्गोका कर्मचारीहरुले आफ्ना ग्राहकहरुसँग अनुमति नै नलिएर उनीहरुको नाममा लाखौं नक्कली बैंक खाता खोलेको […]

Read More: बोनस खान लाखौं नक्कली खाता ! ५३ सय कर्मचारीको जागिर चट

नेपाल–चीन केरुङ राजमार्ग बन्द

२७ भदौ, रसुवा। आज बिहान गएको पहिरोका कारण स्याफ्रु– टिमुरेखण्डको राजमार्ग बन्द हुँदा सवारी साधन र मानिसको ओहोरदोहोर रोकिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार वृद्धिम गाविस–१ फ्याङ्लुङ खोलानजिक भिरको माथिबाट आएको ठूलो पहिरोले राजमार्ग पूर्णरुपमा क्षति हुँदा चीनबाट हुने सामान ढुवानीमा समेत प्रभावित भएको छ । अहिले त्यस राजमार्गमा मानिस ओहोरदोहोर […]

Read More: नेपाल–चीन केरुङ राजमार्ग बन्द

पोखराका दुई सहकारी बिहानी–परिक्रमाबीच एकीकरण

पोखरा, २७ भदौ- पोखराका दुई सहकारी एकीकरण भएका छन्। पोखरा सभागृहमा रहेको बिहानी बचत तथा ऋण सहकारी संस्था लिमिटेड र पोखरा विरौटामा रहेको परिक्रमा बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण भएको हो। एकिकरणपछि पोखराको विरौटामा नयाँ सेवा केन्द्र सञ्चालन गर्ने तयारी छ। सहकारीलाई थप सबल र सक्षम बनाउने उद्देश्यका साथ एकीकरण गरिएको हो। एकीकरणपश्चात् संयुक्त […]

Read More: पोखराका दुई सहकारी बिहानी–परिक्रमाबीच एकीकरण

बिहान गएको पहिरोका कारण नेपाल–चीन केरुङ राजमार्ग बन्द

रसुवा, २७ भदौ । आज बिहान गएको पहिरोका कारण स्याफ्रु– टिमुरेखण्डको राजमार्ग बन्द हुँदा सवारी साधन र मानिसको ओहोरदोहोर रोकिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार वृद्धिम गाविस–१ फ्याङ्लुङ खोलानजिक भिरको माथिबाट आएको ठूलो पहिरोले राजमार्ग पूर्णरुपमा क्षति हुँदा चीनबाट हुने सामान ढुवानीमा समेत प्रभावित भएको छ । अहिले त्यस राजमार्गमा मानिस […]

Read More: बिहान गएको पहिरोका कारण नेपाल–चीन केरुङ राजमार्ग बन्द

जनजाति तथा एमाले नेता टेकबहादुर गुरुङको श्रद्धाञ्जली सभा पोखरामा

पोखरा, भदौ- तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषदको केन्द्रीय सचिवालय सदस्य, नेपाल लोकतान्त्रिक आदीवासी जनजजाति महासंघ कास्कीका पूर्व अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति कास्कीका पुर्व सदस्य, एमाले जिल्ला कमिटीका पूर्व सदस्य, साविक पुम्दीभुम्दी गाविसका पूर्व अध्यक्ष स्वर्गीय टेकबहादुर गुरुङको सोमवार श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ । तमु ह्युल छोज धिं गुरुङ […]

Read More: जनजाति तथा एमाले नेता टेकबहादुर गुरुङको श्रद्धाञ्जली सभा पोखरामा

सडक र राजमार्गका खाल्टाखुल्टी मर्मत गर्न कांग्रेस पोखरा नगर समितिको ध्यानाकर्षण

पोखरा, २७ भदौ- नेपाली कांग्रेस पोखरा उप–महानगरपालिका समितिले पोखराका सडक र राजमार्गमा भएका खाल्टाखुल्टी तत्काल मर्मत गर्न ध्यानाकर्षण गराएको छ। नगर सभापति बजिरमान श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा सडकमा परेका खाल्टाखुल्टीका कारण पैदल यात्रुलाई हिड्न र सवारी साधन सञ्चालनमा कठिनाई भएको भन्दै ध्यानाकर्षण गराइएको छ। सडकका खाल्टाखुल्टीका कारण दुर्घटनासमेत बढ्न सक्ने भन्दै तत्काल मर्मत गर्न माग गरिएको […]

Read More: सडक र राजमार्गका खाल्टाखुल्टी मर्मत गर्न कांग्रेस पोखरा नगर समितिको ध्यानाकर्षण

सवारी चलाउँदा फोनमा कुरा गरे ६ महिना लाइसेन्स निलम्बन !

२७ भदौ, काठमाडौं । तपाईं गाडी वा मोटरसाइकल चलाउँदा फोनमा कुराकानी गर्नुहुन्छ ? अब सचेत रहनुहोला । सरकारले फोनमा कुरा गर्दै सवारी चलाउने चालकको लाइसेन्स निलम्बन गर्ने प्रवधानसहितको नयाँ नियम ल्याउँदैछ । यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था ऐन संशोधनका लागि तयार पारेको मस्यौदामा सवारी चलाउँदा फोनमा कुरा गरेको पाइएमा ६ महिनासम्म लाइसेन्स निलम्बन […]

Read More: सवारी चलाउँदा फोनमा कुरा गरे ६ महिना लाइसेन्स निलम्बन !

तेक्वान्दोमा सफलता चुम्दै एनआरएन खेलाडी कार्की

बार्सिलोना । अष्ट्रियामा बसेर तेक्वान्दोमा सफलता चुमीरहेका नेपाली मुलका खेलाडी बिनय कार्कीले सातौ युरोपियन तेक्वान्दो काडेट च्याम्पियनसीपमा नवौं स्थान हासिल गरेका छन् । युरोपभरका राष्ट्रिय खेलाडीहरुको प्रतिस्पर्धा रहेको उक्त प्रतियोगितामा कार्कीले अष्ट्रियाको राष्ट्रिय टिमबाट सहभागीता जनाएका हुन् । सेप्टेम्बर ८ देखी ११ तारिखसम्म रोमानियामा सम्पन्न प्रतिस्पर्धामा कार्कीले नवौ स्थान हासिल गरे । युरोपकै सबै भन्दा […]

Read More: तेक्वान्दोमा सफलता चुम्दै एनआरएन खेलाडी कार्की

‘छक्का पन्जा’ हेर्न ओली, खनाल र नेपाल हलमा

दीपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पञ्जा’ हेर्न तीन पूर्व प्रधानमन्त्रीहरु एकैसाथ हलमा पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री झलनाथ खनाल र माधव कुमार नेपालले एकैसाथ चलचित्र हेरेका हुन् । चलचित्र हेरिसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म राम्रो तर ‘छक्का पञ्जा’ नाम नराम्रो भन्दै ठट्यौली प्रतिक्रिया दिए । ‘मुन्द्रे, माग्ने, दीपक-दीपा भएको […]

Read More: ‘छक्का पन्जा’ हेर्न ओली, खनाल र नेपाल हलमा

Dr Shrestha elected NMA Chairman

KATHMANDU: Dr Mukti Ram Shrestha of the democratic panel has been elected the new Chairman of Nepal Medical Association (NMA). Dr Shrestha garnered 1,652 votes to outsmart his closest rival Dr Ramesh Dhakal who managed 1,132 votes during the NMA’s 27th election. The democratic panel close to Nepali Congress (NC) has secured all of the […]

Read More: Dr Shrestha elected NMA Chairman

पहिरोले पाँच घर विस्थापित, लघु जलविद्युत् अवरुद्ध

फलेवास (पर्वत), २७ भदौ । अविरल वर्षाका कारण बस्तीभन्दा माथिबाट आएको पहिरोमा परी पाँच घर विस्थापित बनेका छन् । उत्तरी पर्वतको भुकताङ्ले गाविस–७ स्थित मिदुका पाँच घर विस्थापित बनेका हुन् । बस्तीभन्दा माथिको तिलिबराङको पहाडबाट पहिरो खस्दा स्थानीय दुर्गाबहादुर छन्त्याल, रसबहादुर छन्त्याल, तीर्थबहादुर विक, इन्द्रबहादुर छन्त्याल र चित्रप्रसाद भुसालको घरमा क्षति पुगेको हो । उनीहरू […]

Read More: पहिरोले पाँच घर विस्थापित, लघु जलविद्युत् अवरुद्ध

बागलुङ–नयाँ दिल्ली बस चल्ने

बागलुङ, २७ भदौ । बागलुङदेखि छिमेकी मुलुक भारतको नयाँ दिल्लीसम्म सिधा बस सेवा सुरु हुने भएको छ । आउँदो असोज ७ गते पहिलो बस यहाँबाट नयाँ दिल्लीका लागि प्रस्थान गर्नेछ । धौलागिरि अञ्चल यातायात बस व्यवसायी सञ्चालक समितिले पोखरामा रहेको मोर्डन ईरा टुर्स एन्ड ट्राभल्स प्रालिसँगको सहकार्यमा बस चलाउन लागेको हो । साताको आइतबार, बुधबार […]

Read More: बागलुङ–नयाँ दिल्ली बस चल्ने

मनसुन फेरि सक्रिय, कोशी र महाकालीको बहावले खतराको सूचक नाघ्यो

२७ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा अगष्टदेखि तल झरेको मनसुनको ग्राफ आइतवार साँझदेखि एकाएक माथि चढेको छ । पूर्वी तथा मध्य भागमा पुनः मनसुन सक्रिय हुँदा भारी वर्षात भइरहेको जल तथा मौसम विज्ञान बिभागले जनाएको छ । भारतको पश्चिम बंगाल र बिहारमा केन्दि्रत भएको न्युन चापीय क्षेत्र नेपाल नजिक छ । जसका कारण वर्षातको मापन […]

Read More: मनसुन फेरि सक्रिय, कोशी र महाकालीको बहावले खतराको सूचक नाघ्यो

3 killed, 1 injured as bus hits bike in Sarlahi

KATHMANDU: At least 3 persons died when a bus hit a motorcycle they were riding on at Hariban-11 in Sarlahi district on Sunday. The deceased have been identified as Amir Jung Thapa (19) and Bikash BK (19) of Hariban-11 and Bishal Shrestha (17) of Hariban-9. The bus (Me 1 Kha 2208) hit the bike (Na […]

Read More: 3 killed, 1 injured as bus hits bike in Sarlahi

‘वृहत शैक्षिक मेला’ आजबाट

पोखरा, २७ भदौ । विग एफएमको प्रस्तुतिमा आजदेखि पोखरामा ‘वृहत शैक्षिक मेला’ शुरु हुँदैछ । वान अप ईभेन्ट्स एण्ड मिडिया सोल्यूसन्सको आयोजनामा भएको मेला पोखरा सभागृहमा तीन दिनसम्म चल्नेछ । भदौ २९ गतेसम्म चल्ने मेला वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीहरुलाई लक्षित गर्दै आयोजना भएको हो । शैक्षिक मेलामा राष्ट्रिय तथा अन्तराष्ट्रिय कलेज र विश्वविद्यालयहरुले सहभागिता जनाउँदैछन् […]

Read More: ‘वृहत शैक्षिक मेला’ आजबाट

‘उत्तर कोरिया छैठौँ परमाणु परीक्षणको तयारीमा’

२७ भदौ, एजेन्सी। उत्तर कोरियाले फेरी अर्को परमाणु परीक्षण गर्न लागेको दक्षिण करियाको सरकारी सुत्रले चेतावनी दिएको छ। यो कुरा पहाडी क्षेत्रमा उत्तर कोरियाको परीक्षण क्षेत्रको एरियल तस्बिर लिएपश्चात दक्षिण कोरियाले बताएको हो। विश्लेशकहरुले निर्ष्कर्ष निकालेका छन् कि उत्तर कोरियाले अहिलेसम्म तीन परीक्षण सुरुङ मध्ये केवल दुई सुरुङको मात्र प्रयोग गरेको छ। दक्षिण कोरियाको समाचार […]

Read More: ‘उत्तर कोरिया छैठौँ परमाणु परीक्षणको तयारीमा’

तेश्रो प्रेमीको खोजीमा कट्रिना

बलिउडका नायकद्धय सलमान खान र रणबीर कपुरसँग ब्रेकअप गरेकी नायिका कट्रिना कैफ अहिले तेस्रो प्रेमिको खोजीमा छिन् । ‘कुनै पनि मान्छेलाई पटक पटक प्रेम गर्न कसैले पनि रोक्दैन’ भारतीय मिडियासँग कुरा गर्दै कट्रिनाले भनिन्-‘मलाई प्रेममा निकै विश्वास छ, प्रेम नै जीन्दगीको सबैभन्दा महत्वपूर्ण पाटो हो जसले जीन्दगीमा खुसी दिन्छ ।’ त्यसकारण आफू तेस्रो प्रेमीको खोजीमा […]

Read More: तेश्रो प्रेमीको खोजीमा कट्रिना

बाढीले माछा फर्म बगायो, रु एक करोडको क्षति

पर्वत, भाद्र २७ । पर्वत जिल्लाको पहिलो बाजुङ गाविस–६ स्थित मुलुककै उत्कृष्ट पातिखोला रेन्बोट्राउट फर्म बाढीले बगाएको छ । पातीखोलामा आएको बाढीले फर्म बगाएको हो । मुलुककै नमुना फर्म बगाएपछि झन्डै रु एक करोडको क्षति भएको छ । यो फर्म गत वर्ष विश्व खाद्य दिवसका अवसरमा मत्स्यपालन फार्मतर्फ मुलुककै उत्कृष्ट फार्म घोषित भएको थियो । […]

Read More: बाढीले माछा फर्म बगायो, रु एक करोडको क्षति

सर्वाेत्कृष्ट विद्यालय बनेपछि खुसीयाली साटासाट

पोखरा, भाद्र २७ । देशभरका ३५ हजार सामुदायिक विद्यालयलाई पछि पार्दै पोखराको शीतलादेवी मावि सर्वोत्कृष्ट बनेपछि आइतबार खुसीयाली साटासाट गरेको छ । साधनस्रोतले सम्पन्न धेरै सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कँदै गएका अवस्थामा पनि पोखरा उपमहानगरपालिका– १२ स्थित उक्त शीतलादेवी माविमा विद्यालय सर्वोत्कृष्ट बनेको भन्दै विद्यार्थी, अभिभावक एवम् शिक्षकले सामूहिक रुपमा हर्षोल्लास मनाएका हुन् । सरकारबाट […]

Read More: सर्वाेत्कृष्ट विद्यालय बनेपछि खुसीयाली साटासाट

Thursday, September 1, 2016

‘विशिष्ट व्यक्तिले पनि नेपालमै उपचार गराउनुपर्छ’


१६ भदौ, काठमाडौँ।

स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफू सबै विशिष्ट व्यक्तिले नेपालमै उपचार गराउनुपर्छ भन्ने पक्षमा रहेको बताएका छन् ।health minister gagan kumar thapa 12994119


स्वास्थ्य मन्त्रालयमा आज आयोजित पत्रकार सम्मलेनमा उनले नेपालमा उपचार हुन नसक्ने खालका रोग बाहेक अन्य रोगको नेपालमै उपचार गराउनुपर्ने परम्परा बसाल्न आफू लाग्ने बताए। नेताहरुको नेपालमै उपचार हुने रोगको पनि विदेश गएर उपचार गराउने प्रवृतिले राज्यको आर्थिक भार बढेको उनको भनाइ थियो ।

सबै स्वास्थ्य संस्थामा तत्काल औषधि पुर्याउन औषधि व्यवस्था विभागलाई निर्देशन दिइसकेको बताउँदै उनले भने, “मैले प्रधानमन्त्रीको चाहनाअनुसार सबै स्वास्थ्य संस्थामा चिकित्सक र सबै स्वास्थ्य संंस्थामा औषधि पुर्याउने विषयमा तत्काल काम सुरु गर्न भनिसकेको छु ।”

उनले डा गोविन्द केसीले उठाएको मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले जिम्मा लिने भन्ने विषयमा पनि सकारात्मक रुपमा वार्ता अगाडि बढिरहेको जानकारी दिए । रासस


The post ‘विशिष्ट व्यक्तिले पनि नेपालमै उपचार गराउनुपर्छ’ appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.


बाँकी NEPAL123.COM मा पढौं

एसियाली शारीरिक सुगठन प्रतियोगतामा नेपालबाट ६ खेलाडी सहभागी हुने

body

भदाै – १६ । भुटानको थिम्पुमा हुने ५० औं एसियाली शारीरिक सुगठन प्रतियोगतामा नेपालबाट एक महिलासहित ६ खेलाडी सहभागी हुने भएका छन् ।

पुरुषको ५५ केजीमा सुरेश गुरुङ, ६५ केजीमा रामबहादुर दाहाल तथा ७० केजीमा महेश महर्जनले भाग लिने छन् । स्पोर्ट्स फिजिकको पुरुषतर्फ विमललाल श्रेष्ठ, विजयत्तमरत्न वज्राचार्य तथा महिलामा निर्मला खड्काले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

भुटान जाने नेपाली टोली नेतामा नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका प्रथम उपाध्यक्ष विजयलाल कायश्थ तथा प्रशिक्षकमा शारीरिक सुगठनका मुख्य प्रशिक्षक ज्ञानेन्द्र नकर्मी रहेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, शारीरिक सुगठन संघका अध्यक्ष राजेशबाबु श्रेष्ठलगायतले बिहिबार एक कार्यक्रमबीच बिदाइ गरे ।

प्रतियोगिता भदौ १७ देखि २३ गतेसम्म हुनेछ । नेपाली टोली शुक्रबार भुटान प्रस्थान गर्नेछ ।

The post एसियाली शारीरिक सुगठन प्रतियोगतामा नेपालबाट ६ खेलाडी सहभागी हुने appeared first on नेपाल आज.


बाँकी NEPAL123.COM मा पढौं

खाना पकाउने ग्यासको मुल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिन्डर ५० रुपैयाँ घटाएको छ ।

चाडपर्वको अवसरमा सर्वसाधरणलाई सहुलियत दिन बिहीबार राति १२ बजेदेखि लागु हुनेगरि मुल्य समायोजन गरिएको हो ।

मूल्य घटेपछि सर्वसाधारणले प्रतिसिलिण्डर १३ सय २५ रुपैयाँमा एक सिलिण्डर ग्यास खरिद गर्न पाउने छन् ।


बाँकी NEPAL123.COM मा पढौं

नेपाल टेलिकमको ‘फेस्टिवल अफर’, सस्तोमा इन्टरनेट !

NTC_Logoकाठमाडौँ, १६ भदौ । नेपाल टेलिकमले ‘फेस्टिवल अफर’का रुपमा जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि शुभरात्रि प्याकेज ल्याउने भएको छ ।

यही भदौ १८ गतेदेखि आगामी असोज १ गतेसम्म लागू हुने अफर राति ११ बजेदेखि बिहान ५ बजेसम्म प्रयोग गर्न सकिने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उपभोक्ताले ४० मा पाँच सय एमबी सात दिनका लागि र रु ८५ मा एक हजार दुई सय एमबी १५ दिनका लागि प्रयोग गर्न सक्नेछन् । पाँच एमबी डाटा लिन स्पेसियल ५०० एमबी(अङ्ग्रेजीमा) र एक हजार दुई सय एमबी डाटा लिन स्पेसियल १२००एमबी (अङ्ग्रेजीमा) लेखेर १४१५ मा एसएमएस पठाउनुपर्नेछ । रासस

The post नेपाल टेलिकमको ‘फेस्टिवल अफर’, सस्तोमा इन्टरनेट ! appeared first on Sajha Post.


बाँकी NEPAL123.COM मा पढौं

रानीपोखरीको पुनर्निर्माण रोक्न युनेस्कोको अपील

ranipokhari-new2

१६ भदौ, काठमडौं । युनेस्कोले रानीपोखरीसहितका नेपालका ऐतिहासिक तथा पुरातात्विक संरचनाहरुको पुनर्निर्माणप्रति प्रश्न उठाएको छ ।

पुरातत्व विभागले रानीपोखरीको अनुपयुक्त ढंगबाट पुनर्निर्माण भइरहेको भन्दै काठमाडौँ महानगरपालिका पत्र लेखेपछि युनेस्कोले पनि चासो देखाएको हो ।

युनेस्कोले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, यस प्रकारको व्यवहारबाट हनुमानढोका दरवार स्मारक क्षेत्रस्थित मुख्य सम्पदा स्थलहरु जस्तै काष्ठमण्डप र माजुडेग लगायतका काठमाडौँ उपत्यकाका भावी पुनर्निर्माणप्रतिको विश्वासनियता माथि पनि गंभीर प्रश्नचिन्ह खडा भएको छ ।’

उसले ऐतिहासिक धरोहरहरुको पुननिर्माणका लागि प्रस्ताव आह्वान गर्ने प्रक्रियालाई नै परिवतर्नन गर्नु पर्नेमा जोड दिएको छ ।

युनेस्कोले भनेको छ, सम्पदास्थलको पुनर्निर्माणका लागि सबैभन्दा कम लागत प्रस्ताव गर्ने ठेकदार कम्पनीलाई ठेक्का दिँनु अनुपयुक्त हुन्छ । परिणामतः नेपालको सांस्कृतिक पर्यटकीय संभावनामाथि नकरात्मक असर पर्न सक्छ ।’

युनेस्कोले रानीपोखरीमा भइरहेको काम तुरुन्त रोक्न तथा पुरातत्व विभागद्वारा पुनर्निर्माण प्रक्रियाको उचीत अनुगमन र सुपरिवेक्ष भएको सुनिश्चित गर्नका लागि पुनः अपील गरेको छ । उचित समाधान पत्ता लगाउने काममा युनेस्कोले पूर्ण सहयोग गर्ने समेत उसले बताउको छ ।

 

 


बाँकी NEPAL123.COM मा पढौं

प्रतिसिलिन्डर ग्यासको मूल्य ५० रुपैयाँ घट्यो 

Gyash News

काठमाडौं, १६ भदौ । नेपाल आयल निगमले चाडबाडलाई लक्षित गरेर ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँ भाउ घटाएको छ । केही दिनअघि आपूर्ति मन्त्रालयले चाडपर्वलाई लक्षित गर्दै असोज १ गतेदेखि ग्यासमा ५० रुपैयाँ मूल्य घटाउन निर्देशन दिएको थियो ।

१ हजार ३ सय ७५ रुपैयाँबाट ५० रुपैयाँ घटेपछि अब उपभोक्ताले १ हजार ३ सय २५ रुपैयाँमा ग्यास पाउने निगमका प्रवक्ता भानुभक्त खनालले बताए ।

निगमले ग्यास सिलिन्डरमा १ सय ११ रुपैयाँ ७५ पैसा नाफा राखेर बेच्दै आएको थियो। अब निगमलाई प्रतिसिलिन्डर ग्यासमा ६१ रुपैयाँ ५० पैसा नाफा रहने छ ।

मन्त्रालयले असोज १ बाट घटाउन निर्देशन दिएको भए पनि निगमले बिहीबार राति १२ बजेदेखि नै लागू हुनेगरी मूल्य घटाउने निर्णय गरेको हो ।


बाँकी NEPAL123.COM मा पढौं

गैरकानुनी तरिकाबाट पन्जाब पुर्याइएका बालबालिकालाई यसरी फर्काइयो नेपाल…

काठमाण्डु, १६ भदौ– गैरकानुनी तरिकाबाट भारतको पन्जाबमा पुर्याइएका पाँच बालबालिकाको उद्धार गरिएको छ ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले भारतस्थित नेपाली दूतावास र माइती भारतका सहयोगमा ती बालबालिकालाई उद्धार गरी आज साँझ काठमाण्डु ल्याइर्याएको हो ।

त्यसरी उद्धार गरिएका बालबालिकाको उमेर १२ देखि १६ वर्षसम्मको छ । तिनमा दुई बालिका छन् । उनीहरुलाई सल्यान र जाजरकोट लगायत जिल्लाबाट भारत पु¥याइएको मन्त्रालयले जनाएको छ ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले विभिन्न कारणबाट त्यहाँ पुगेका उनीहरुको उद्धार गरी आजै अपराह्न काठमाण्डु ल्याइएको जानकारी दिँदै उनीहरूलाई परिवारको पहिचान भएपछि परिवार तथा आफन्तको जिम्मा लगाइने बताए ।
उद्धार गरिएका दुई बालिकालाई माइती नेपालमा र तीन बालकलाई छोराछोरी नामक संस्थाको जिम्मा लगाइने मन्त्रालयको सहसचिव राधिका अर्यालले जानकारी दिइन्। मन्त्रालयले पीडित बालबालिकाको नाम गोप्य राखिदिन सम्बन्धित पक्षलाई आग्रह गरेको छ । रासस


बाँकी NEPAL123.COM मा पढौं

लीलामणि पौड्याल चीनका लागि राजदूतमा सिफारिस

काठमाण्डु, १६ भदौ– सरकारले दुई छिमेकी चीनका लागि राजदूत सिफारिस गरेको छ ।

lila mani

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले चीनका लागि लीलामणि पौड्याललाई प्रस्ताव गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

पौड्याल नेपाल सरकारका पूर्व मुख्यसचिव हुन् । यसअघि पूर्ववर्ती सरकारले पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई चीनका लागि नेपाली राजदूतमा नियुक्त गर्न सिफारिस गरे पनि नयाँ सरकारले त्यसलाई रद्द गरेको थियो ।

चीनका राष्ट्रपति नेपाल भ्रमणमा आउने कुरा चलिरहेका बेला भएको राजदूत सिफारिसलाई महत्वपूर्ण मानिएको छ ।

साथै बैठकले भारतका लागि दीपकुमार उपाध्यायलाई प्रस्ताव गर्ने निर्णय गरेको छ । उपाध्याय यसअघि पनि भारतका लागि नेपाली राजदूत थिए। उनलाई अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले करिब चार महिनाअघि फिर्ता बोलाएको थियो ।


बाँकी NEPAL123.COM मा पढौं

वीर अस्पताल पुगेर गगन थापाले भने, ‘वीर अस्पताललाई जनताको अस्पताल बनाउनुस्’

काठमाण्डु, १६ भदौ– स्वास्थ्यमन्त्री गगनकुमार थापाले वीर अस्पताललाई सबै जनताको अस्पताल बनाउनुपर्ने बताएका छन्।

gagan thapa

अस्पतालको निरीक्षण गर्दै उनले अस्पताल सबै वर्गका जनताको भएकाले सहज रुपमा गुणस्तरीय सेवा पाउने वातावरण बनाइराख्नुपर्नेमा जोड दिए । अस्पतालका सबै कर्मचारीलाई निर्देशन दिँदै मन्त्री थापाले भने – ‘सम्पूर्ण नेपाली नागरिकको राम्रो उपचार पाइने भरोसाको केन्द्र भएकाले यहाँबाट दिइने सेवा पनि जनतामैत्री हुनुपर्छ ।’

मन्त्री थापाले सय दिनको कार्ययोजना र समाधानका उपायसहित एक हप्तामा पेस गर्न निर्देशन पनि दिए ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका उपकुलपति डा गणेश गुरुङले अस्पतालमा बन्द भएको रेडियोथेरापी सेवा छिटो सुरु गर्नुपर्ने, नर्सिङ क्याम्पस भाडामा लिई व्यवस्था गर्नुपर्ने, गुरुयोजनानुसार सर्जिकल ब्लक निर्माण प्रक्रिया अगाडि बढाउन ग्लोबल टेन्डर गर्ने लगायत कार्य तत्काल सुरु गर्न आवश्यक रहेको जानकारी गराए ।
मन्त्री थापाले अस्पतालमा छ वर्षदेखि अनशनरत गङ्गामाया अधिकारीलाई सघन उपचार कक्षमा भेट गरे । सो अवसरमा अधिकारीले आफ्ना छोराको हत्यारालाई तत्कालै कारबाहीको दायरामा ल्याउन माग गरिन् ।

मन्त्री थापाले अस्पतालको क्यान्सर वार्ड र जेनेटेकी ल्याबको समेत निरीक्षण गरे । त्यसक्रममा एक वर्षदेखि बिग्रिएको क्यान्सर रेडियसनका विषयमा समेत जानकारी लिँदै यन्त्रका लागि तत्काल पहल थालिने बताए ।


बाँकी NEPAL123.COM मा पढौं

‘डि समर काउचर सिजन’ फेसन शोमा १२ मोडलको प्रस्तुति

glamorouss

भदाै – १६ । व्यावसायिक मोडलहरुले ‘डि समर काउचर सिजन’ फेसन शोमा क्याटवाक गर्ने भएका छन् । शुक्रबार त्रिपुरेश्वरस्थित मुड लाउञ्जमा हुने शोमा १२ जना मोडलको प्रस्तुति रहनेछ ।

अमिर कला केन्द्रको आयोजनामा हुने फेसन शोको कोरियोग्राफी प्रवेश गिरीले गरिरहेका छन् । यो ’डि समर काउचर’ सिजनको तेस्रो संस्करण हो ।

सिनेम्याक्सको व्यवस्थापन तथा अवधारणमा हुने शोमा इकोनिक फेसन हाउस, हाउस बुटिक, लाफ डिजाइन स्टुडियो तथा डेजल कलेक्सनका पहिरनहरु प्रदर्शन गरिनेछ । आठ सिक्वेन्समा विभाजन गरिएको शोमा सारी, कुर्ता, अनारकली, इभिनिङ गाउन, सर्टस्, क्याजुअल तथा क्लब वेयर प्रदर्शन गरिने आयोजक संस्थाले बताएको छ ।

फेसन शोको क्रममा बि–बोइङ, साल्सा, जुम्बासहित लोकदोहोरी समेत प्रस्तुत गरिनेछ ।

The post ‘डि समर काउचर सिजन’ फेसन शोमा १२ मोडलको प्रस्तुति appeared first on नेपाल आज.


बाँकी NEPAL123.COM मा पढौं

हिन्दू धर्मशास्त्र अनुसार भगवान शिवजीले गरेको चमत्कार अब चीनमा डाक्टरहरुले गर्ने !

एजेन्सी । चिकित्सा क्षेत्रमा दिन प्रतिदिन नयाँ-नयाँ चमत्कारहरु भइरहेका छन् । यसैक्रममा चीनमा अर्को एउटा चमत्कारिक प्रयोग हुने भएको छ । चिकित्सा क्षेत्रका चिनियाँ विशेषज्ञहरु मानिसको शिर (टाउको) प्रत्यारोपण गर्न अन्तिम तयारीमा जुटेका छन् ।

यो प्रयोग सफल भएमा चिकित्सा क्षेत्रले नयाँ उचाइ प्राप्त गर्नेछ । सफल नभएमा यस सम्बन्धी अनुसन्धानमा संलग्न विशेषज्ञ तथा चिकित्सकले सजाय भोग्नुपर्नेछ ।

Head Transform

प्रत्यारोपणका लागि एक रसियन युवकले आफ्नो शिर दान दिने भएका छन् । उनी स्पिरिदोनोभ वेर्डनिङ अफम्यान नामक रोगबाट पीडित छन् । सोहीकारण उनको शरीर लगभग काम नलाग्ने अवस्थामा छ, तर शिर भने स्वस्थ छ ।

चिनियाँ डा. जिआयोपीङ रेन र इटालीका डा. सर्जियो कानाभेरोले यो प्रयोग गर्न लागेका छन् ।

हिन्दू धर्मशास्त्रमा भगवान शिवजीले आफ्ना पूत्र गणेशको शिर भूलवश छेदन गरेपछि त्यसमा हात्तीको टाउको जोडेको प्रसङ्ग उल्लेख छ । अहिले कलियुगका डाक्टरहरु एउटा मानिसको शिर काटेर अर्कोको शरीरमा जोड्ने तयारीमा छन् ।

अब तपाइँ नै सोच्नुस्, एउटाको शिर र अर्कोको शरीर जोडेर बन्ने मानिसले आफूलाई कुनरुपमा ग्रहण गर्ला ! शिरवाला वा शरीरवाला ?

सामान्यरुपमा सोच्दा मानिसको दिमाग शिरमा हुन्छ । दिमाग भनेको चेतना हो, त्यसैले उसले आफूलाई शिरवाला मानिसको रुपमा सोच्न सक्ने सम्भावना रहनसक्छ । यसबारे चिकित्सकहरुले केही बोलेका छैनन् ।

 

 

The post हिन्दू धर्मशास्त्र अनुसार भगवान शिवजीले गरेको चमत्कार अब चीनमा डाक्टरहरुले गर्ने ! appeared first on Sajha Post.



Read More: हिन्दू धर्मशास्त्र अनुसार भगवान शिवजीले गरेको चमत्कार अब चीनमा डाक्टरहरुले गर्ने !

अर्थसचिवमा शान्तराजको ‘कमब्याक’, गृहमा लोकदर्शन

Pm-office

१६ भदौ, काठमाडौं । सरकारले अर्थ र गृहसहित तीन सचिवको सुरुवा गरेको छ ।

मन्त्रिपरिषद् बैठकले बिहीबारको बैठकले अर्थसचिव लोकदर्शन रेग्मीलाई गृह मन्त्रालयमा सरुवा गरेको छ ।

यसअघि गृहमा रहेका नारायणगोपाल मलेगोलाई भने उपराष्ट्रपति कार्यालयमा सरुवा गर्ने निर्णय भएको छ । अर्थमा शान्तराज सुवेदीलाई ल्याइएको छ ।

पहिला अर्थमा रहेका उनी प्रधानमन्त्री कार्यालय हुँदै पछिल्लो समय अख्तियारमा थिए ।



Read More: अर्थसचिवमा शान्तराजको ‘कमब्याक’, गृहमा लोकदर्शन

किरात जनवादी वर्कर्स पार्टीद्वारा भूमिगत सशस्त्र राजनीति त्यागेको घोषणा

झापा, १६ भदौ । पूर्वी नेपालमा एक दशकदेखि भूमिगत सङ्घर्ष गर्दै आएको किरात जनवादी वर्कर्स पार्टीले सशस्त्र तथा भूमिगत राजनीति परित्याग गरेको घोषणा गरेको छ ।

झापाको विर्तामोडमा आज सम्पन्न पार्टीको तीन दिवसीय राष्ट्रिय भेलाले सशस्त्र सङ्घर्षको नीति परित्याग गर्दै शान्तिपूर्ण राजनीतिमा लाग्ने निर्णय गरेको हो ।

भेलापछि आजै पार्टीका अध्यक्ष अनन्त क्रान्तिले एक विज्ञप्ति जारी गरी सम्पूर्ण नेता तथा कार्यकर्तालाई शान्तिपूर्ण राजनीतिमा सक्रिय रहन निर्देशन दिनुभएको छ ।

भेलाले अनन्त क्रान्ति अध्यक्ष र हिमाल किराती महासचिव रहेको ५१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको छ ।

पूर्वमा छुट्टै किरात प्रदेशको माग गर्दै आएको वर्कर्स पार्टीको स्थापना २०६३ सालमा भएको थियो । पूर्वी पहाडमा भूमिगत सङ्गठन चलाउँदै आएको वर्कर्स पार्टीले विगत तीन वर्षदेखि नेपाल सरकारसँग शान्ति वार्तामा संलग्न भए यता सशस्त्र गतिविधि गरेको छैन । रासस



Read More: किरात जनवादी वर्कर्स पार्टीद्वारा भूमिगत सशस्त्र राजनीति त्यागेको घोषणा

अझै लड्न वाँकी छ, जुट्नुको विकल्प छैन : वादल

काठमाडौं, भदाै १६ । नेकपा (माओवादी केन्द्र )का वरिष्ठ नेता रामवहादुर थापा’वादल’ले फुटवादलाई परास्त गरि विजयको झण्डा गाड्नका निम्ति माओवादीहरु एकतावद्ध भएको वताएका छन ।

क्रान्तिकारीहरुको फुटले जनविरोधी शक्तिहरुले टाउको उठाउने मौका पाएको भन्दै नेता वादलले भने-‘अब तिनको निंद हराम गर्दै हामी विजयको झण्डा गाड्ने छौं ।’

अखिल(क्रान्तिकारी)को ३ नं.प्रदेस स्तरीय भेलामा वोल्दै माओवादी केन्द्रका संगठन विभाग प्रमुख समेत रहेका नेता वादलले फरक प्रसङ्गमा भने-‘एकतासंगै संगठनात्मक क्षेत्रमा देखिएका समस्यालाई पार्टीले तत्काल हल गर्नेछ।’ एकता भेलामा अखिल (क्रान्तिकारी)का अध्यक्ष नरेन्द्र न्यौपानेले भने-‘अब क्रान्तिकारीले विद्यार्थी आन्दोलनको मुल प्रवाहको नेतृत्व लिनेछ ।’

आगामी स्ववियु निर्वाचनमा हामी पहिलो संगठन वनाएरै छाड्नेछौं।’ भेलामा अखिल(क्रान्तिकारी)का पुर्व अध्यक्षद्वय रमेश मल्ल र रत्न ढकाल लगायतका वक्ताहरुले क्रान्तिकारीहरुको एकताको आवश्यकता र महत्त्व सहितको शुभकामना मन्तब्य राखेका थिए। ३०० सहभागी रहेको एकता भेलाले भोलि हुने बन्द सत्रवाट ३ नं.प्रदेशको संयोजक वाहेकको नयाँ नेतृत्व निर्वाचित गर्नेछ।संयोजक यस अघि नै विजय गौतम चयन भैसकेका छन्।



Read More: अझै लड्न वाँकी छ, जुट्नुको विकल्प छैन : वादल

नेपाल टेलिकमले ल्यायो ‘फेस्टिवल अफर’

काठमाण्डु, १६ भदौ– नेपाल टेलिकमले ‘फेस्टिवल अफर’का रुपमा जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि शुभरात्रि प्याकेज ल्याउने भएको छ ।

यही भदौ १८ गतेदेखि आगामी असोज १ गतेसम्म लागू हुने अफर राति ११ बजेदेखि बिहान ५ बजेसम्म प्रयोग गर्न सकिने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

उपभोक्ताले ४० मा पाँच सय एमबी सात दिनका लागि र ८५ मा एक हजार दुई सय एमबी १५ दिनका लागि प्रयोग गर्न सक्नेछन् । पाँच एमबी डाटा लिन स्पेसियल ५०० एमबी र एक हजार दुई सय एमबी डाटा लिन स्पेसियल १२०० एमबी लेखेर १४१५ मा एसएमएस पठाउनुपर्नेछ ।



Read More: नेपाल टेलिकमले ल्यायो ‘फेस्टिवल अफर’

दलहरुको सत्ता लोभले गर्दा देश संकटमा फस्यो: कमल थापा

सिन्धुली, १६ भदौ- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले दलहरुको सत्ता लोभले गर्दा देश सङ्कटमा परेको बताएका छन् ।

सदरमुकाम सिन्धुलीमाढीमा राप्रपा नेपाल सिन्धुलीले आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता थापाले लामो समयदेखि सङ्क्रमणबाट गुज्रेको देश संविधान निर्माणपछि जनताको अपेक्षानुसार अगाडि बढ्न नसकेको बताउदै संविधान कार्यान्वयन गर्दै सङ्क्रमणको अन्त्य गर्न अगाडि बढ्नुपर्नेमा राजनीतिक दलहरु फेरि सत्ता केन्द्रित खेलमा लागेको आरोप लगाए ।

त्यस्तै, महोतरीको बर्दिवासमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्र हुने गरी संविधान संशोधन हुनुपर्ने बताएका छन् ।

कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘संविधान निर्माणका बेला लोकतान्त्रिक प्रक्रियालाई मानेर मात्र हामीले आफ्ना कुरा थाति राखेका थियौ, अहिले सत्तारुढ दल र मधेसकेन्द्रित दलले संविधान संशोधनको कुरा उठाएका छन्, संशोधनमा हाम्रा माग पनि समेटिनुप¥यो ।’

अध्यक्ष थापाले सत्तारुढ दलले चाहेजस्तो संशोधन प्रस्ताव दर्ता गरेपछि त्यसको अध्ययनको आधारमा आफ्नो पार्टीले धारणा बनाउने बताए ।



Read More: दलहरुको सत्ता लोभले गर्दा देश संकटमा फस्यो: कमल थापा

कमल थापाको एउटै भाषणले भरियो भारतीय मिडियाको हेडलाइन, के भने कमल थापाले भाषणमा?

काठमाडौं, १६ भदौ । राप्रपा नेपालका अध्यक्ष कमल थापा आफ्नो एउटा भाषणका कारण भारतीय सञ्चारमाध्यमको हेडलाइन बनेका छन् ।

पार्टी कार्यकर्ता प्रशिक्षणका सिलसिलामा हाल पूर्वी नेपालको भ्रमणमा रहेका थापाले प्रस्तावित संविधान संशोधनमा धर्म निरपेक्षता शब्द हटाइ हिन्दू राष्ट्र शब्द राख्न माग गरेका थिए ।

उनको यो भाषण भारतमा पनि चर्चित बनेको छ । भारतमा सत्तामा रहेको हिन्दूवादी पार्टी वीजेपी तथा बहुसंख्यक हिन्दू धर्मालम्बी भएको भारत नेपाल हिन्दू राष्ट्र होस भन्ने चाहन्छ । जसअनुरुप हिन्दू राष्ट्रसम्बन्धी भाषणहरु भारतीय मिडियाका प्रमुख हेडलाइन बन्ने गरेका छन् ।

पूर्व उपप्रधानमन्त्री थापाले धनकुटामा गरेको भाषण ‘यदि सरकार मधेसी पार्टीहरुको मांग पूरा गर्नका लागि संविधान संशोधन गर्न कुनै नयाँ विधेयक पेस गर्छ भने त्यो संशोधन विधेयकमा धर्मनिरपेक्षता हटाएर नेपाललाई हिन्दू राष्ट्रका रुपमा घोषणा गर्ने एक प्रावधान पनि समावेश गर्नुपर्छ । आम जनताको हितमा आउने संविधान संशोधनको कुनै पनि प्रस्ताव हामी स्वीकार्न तयार छौं ।’लाई भारतीय मिडियाहरुले कभरेज गरेका छन् ।

यस्तो छ समाचार हेडलाइन:

news-hindu



Read More: कमल थापाको एउटै भाषणले भरियो भारतीय मिडियाको हेडलाइन, के भने कमल थापाले भाषणमा?

जब स्वास्थ्यमन्त्रीले मोबाइलमा वीर अस्पतालको शौचालयको तस्वीर देखाए …

gagan thapa

१६ भदौ, काठमाडौं । स्वास्थ्यमन्त्री गगन थापाले बिहीबार वीर अस्पतालका निरीक्षण गरेका छन् । त्यसक्रममा उनले अस्पतालका पदाधिकारी र कर्मचारीहरुसँग छलफल गर्दै १०० दिनमा गर्ने सुधारका कार्ययोजना पेश गर्न निर्देशन दिए ।

निर्देशन दिने क्रममा मन्त्री थापाले आफ्नो मोबाइलमा एउटा तस्वीर देखाए, जसका कारण अस्पतालका कर्मचारी रातोपिरो भए । ‘यो वीर अस्पतालको शौचालयको तस्वीर मलाई एक जनाले पठाउनु भएको फोटो हो’ मोबाइलमा तस्वीर देखाउँदै उनले भने, ‘यो प्रयोग गर्ने हामी कल्पना पनि गर्न सक्दैनौं ।’

अस्पतालका झण्डै २८ प्रतिशत कर्मचारी सरसफाइमा खटिन्छन् । तर, शौचालयको हालत यस्तो देखेपछि स्वास्थ्यमन्त्री थापाले भने, २४ घन्टामा सफा गर्नुस् भनेर म भन्दिन । तर, यसले के इण्डिकेट गर्छ ?’



Read More: जब स्वास्थ्यमन्त्रीले मोबाइलमा वीर अस्पतालको शौचालयको तस्वीर देखाए …

स्वास्थ्य मन्त्रीलाई वीरमा विग्रिएको रेडियसन मेसिनको स्वागत

gaganthapa at bir hospital (3)

१६ भदौ, काठमाडौं । स्वास्थ्यमन्त्री गगन थापाले बिहीबार मुलुककै जेठो अस्पतालका रुपमा रहेको ‘वीर अस्पताल’को निरीक्षण गरेका छन् ।

स्वास्थ्यसचिव सहित पुगेका मन्त्री थापाले अस्पतालका पदाधिकारी तथा कर्मचारीसँग छलफल समेत गरेका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. गणेश गुरुङ्गले अस्पतालको वस्तुस्थितिबारे जानकारी गराए ।

मन्त्री थापाले विभिन्न डिपार्टहरुको भ्रमण गर्ने क्रममा विगि्रएको रेडियसन मेसिनको पनि अवलोकन गरेका छन् ।

उपकुलपति डा. गणेश गुरुङ्गका अनुसार यो झण्डै एक वर्षदेखि विगि्रएको छ । मेसिनको मूल्य अस्पतालको बजेटभन्दा बाहिर रहेकाले अर्को खरिद गर्न नसकिएको उनको दाबी थियो ।

जबकी उनैले अस्पतालका आय व्ययबारे मन्त्री थापालाई जानकारी गराउने क्रममा गएको आर्थिक वर्ष नेपाल सरकारबाट ६७ करोड रुपैयाँ अनुदान पाएको बताए । अस्पतालको आन्तरिक आम्दानी २३ करोड रुपैयाँ छ भने विद्यार्थी प्राज्ञिक भर्ना शुल्क वाफत ५ करोड २९ लाख र विद्यार्थी भर्ना तथा शैक्षिक शुल्क वापत ५ करोड ५० लाख रुपैयाँ आम्दानी गर्दै आएको बताएका छन् ।

रेडियसन मेसिन विगि्रएका कारण वीरमा आएका विरामीहरु समेत अन्य अस्पताल धाउनु पर्ने बाध्यता छ । उनीहरुले अन्य अस्पतालमा रेडियो थेपारीवापत न्युनतम २५ हजारदेखि ६५ हजार रुपैयाँसम्म लिर्छन् । र, यसका लागि लामो समयसम्म पालो पर्खनु पर्ने बाध्यता छ ।

यदि वीरको मेसिन मर्मत गरेको खण्डमा एउटा विरामीले त्यहाँ पाच हजार रुपैयासम्ममा नै उपचार गर्न सक्दछन् ।

स्वास्थ्यमन्त्री थापाले मेसिन मर्मतका लागि प्राथमिकता दिन निर्देशन दिए । उनले भने, ‘जनताको लागि अत्यावश्यक उक्त मेसिनको अभावमा मानिसले लाखौ रुपैया खर्चनु परेको अवस्था छ । जबकी यो मेसिन बनेमा मात्र पनि एक लाख रुपैयाँमा क्यान्सर रोगको एउटा पूर्ण चक्रको उपचार गर्न सकिन्छ ।’



Read More: स्वास्थ्य मन्त्रीलाई वीरमा विग्रिएको रेडियसन मेसिनको स्वागत

इन्जिनियर श्रेष्ठविरुद्ध आरोपपत्र

काठमाण्डु, १६ भदौ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाण्डु महानगरपालिका–३ मा कार्यरत सब इन्जिनियर दिनेश श्रेष्ठविरुद्ध बिगो तीन लाख कायम गरी कैद र बिगोबमोजिम जरिवाना माग गर्दै विशेष अदालत काठमाण्डुमा बिहीबार आरोपपत्र दायर गरेको छ ।

घर निर्माण सम्पन्न प्रमाणपत्र बनाइदिने प्रयोजनका लागि सेवाग्राहीसँग तीन लाख घुस लिँदै गर्दा पक्राउ परेका उनीविरुद्ध आज अरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
यसैगरी, जनप्रिय निमावि भुवनपोखरी पाल्पाका शिक्षक विनोदकुमार भण्डारीविरुद्ध झुटा स्थायी अध्यापन अनुमतिपत्र पेस गरी शिक्षकमा स्थायी नियुक्ति लिएको पुष्टि भएपछि उनीवरुद्ध बिहीबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।



Read More: इन्जिनियर श्रेष्ठविरुद्ध आरोपपत्र

बढी भाडा लिने २९ सवारीलाई कारबाही

New-Buspark-Kathmandu
१६ भदौ, काठमाडौं । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको संयुक्त अनुगमन टोलीले उपत्यकामा बढी भाडा लिने २९ वटा सवारी साधनलाई कारबाही गरेको छ ।

अनुगमन टोलीले यात्रुसँग बढी भाडा असुल्ने १८ वटा बस, १० वटा माइक्रोबस र एउटा ट्याक्सीलाई कारबाही गरेको हो ।

साथै अनुगमन टोलीले ९ वटा सवारी साधनलाई भने सम्झाई बुझाई गरी छोडेको विभागले जनाएको छ । बढी भाडा लिने सवारीबाट रकम समेत फिर्ता गरेको विभागको भनाइ छ ।


बाँकी NEPAL123.COM मा पढौं

प्रचण्ड र देउवा ओलीलाई खुशी बनाउने बाटोमा !


हेडलाइन्स टिप्पणी ।

यस्तो थियो ओली दम्भ
मुलुकको कार्यकारी प्रमुखमा रहँदा प्रधानमन्त्री केपीले ओलीले तराई मधेसका सवाललाई कहिल्यै गहन रुपमा लिएनन् । हचुवा उखान, टुक्का र टिप्पणीमा तराई मधेसको समस्यालाई मजाकमा उडाउन ओली खप्सिस देखिए । तराई मधेसका जायज माग यही हुन् यी पूरा गर्न सकिन्छ यी सकिंदैन भन्नुको सट्टा आफ्नो कार्यकाल भरि मधेसीलाई चिढ्याउने काम गरे ।

करिश्माको भावुक स्ट्याटस- बुवा भनेको कस्तो हुन्छ थाहा छैन

वार्ताको लागि औपचारिकताको लागि केही थान पत्र पठाए तर, वार्तँको लागि अग्रसरता लिएनन्, लिन उचित ठानेनन् । ठाने त केवल उही उखान, टुक्का र टिप्पणीले मधेससलाई पखाल्न । परिणाम बल्ल आएको संविधान सर्वस्वीकार्य बन्न सकेन । महत्वपूर्ण तराई मधेसको पक्ष संविधानको केही प्रावधानमा असहमत भयो । संसोधनका माग गर्दै आयो । ओली ‘टसको मस’ भएनन् । हेर्दा लाग्छ ओलीले गरेको टिप्पणी नै अहिले सत्य सावित हुँदैछ ।

oli at airport

ओली देउवा र प्रचण्डको स्याबासी
ओलीको यही दम्भी चरित्रले संविधान कार्यान्वयनको बाटो नखुलेको भन्दै कांग्रेस र माओवादीको गठबन्धन बन्यो र ओली सत्ताबाट बिदा गरियो । सत्ताबाट ओलीलाई बिदाई गर्दै गर्दा कांग्रेस र माओवादीको प्रण थियो–मधेसलाई विश्वासमा लिंदै संविधान कार्यान्वयन गर्ने, संसोधन गर्ने, स्थानीय तह, प्रदेश र केन्द्रको चुनाव गर्ने ।

Prachanda and deuwa 322526811

तर, ओलीलाई हटाएको एक महिना पुग्न तीन दिनमात्र बाँकी हुँदाका यी दिनमा सरकारको नेतृत्व गरेको दलका माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले नतिजा निस्कने गरी वाचा अघि बढाउने प्रयास नै गरेका छैनन् । यसको सीधा देखिने पक्ष हो की प्रचण्ड र देउवाले ओलीलाई नै खुशी बनाउँदैछन् । किनकी ओली मधेस आन्दोलन, मधेसीका माग केही पनि जायज छैन भनेर हुचुवामा बोल्थे मजाक गर्थे ।

दवाव र तनावमा प्रचण्डः देउवाबाटै अफ्ठेरो पर्ने संकेत


तर, प्रचण्ड र देउवाले ओलीको क्षुब्ध भाषा बोलेका छैनन्, तर, नबोलिकनै मधेसलाई चिढ्याउँदै छन् । यसको संकेतका रुपमा बुझ्न सकिने गरी संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले केही दिन बोलिसकेका छन्, ‘प्रचण्ड पनि ओलीकै पथमा हिंडे ओली सरकार झैं ढल्छ ।’ उनको भनाईको अर्थ सामान्य लाग्छ सक्छ । तर, यसभित्रको चुरो कुरो के हो भने यादवले प्रचण्ड र देउवाबाट पनि आफूहरुको उचित माग सम्बोधन गर्ने तदारुकता देखेका छैनन् ।

२०७४ माघसम्म तीनवटा चुनाव भएर नयाँ जनप्रतिनिधि आइसक्नुपर्ने राप र तावकाबीच प्रचण्डले कसरी मधेसलाई समेत साथ लिएर अग्रसरता लिन्छन् प्रमुख सवाल भनेर उभिएको छ । किनकी कांग्रेस र माओवादीलाई अब सममको सुविधा छैन । छोटो समयमा धेरै काम गर्नुछ, तर, ओलीलाई खुशी बनाउनेभन्दा समाधानको बाटोमा उनीहरु अघि बढेका छैनन् ।

साँच्चै इमान्दार बन्थे भने अहिले दिनहुँ दर्जनौं बैठक बस्थे, मधेसका जायज माग पूरा गर्न अग्रसरता देखिन्थ्यो । तर, कांग्रेस र माओवादी नेतृत्व यतिखेर न माग सम्बोधन गर्न सकिरहेका छन्, न हुँदैन भन्न सकिरहेका छन् । तत्काल अग्रसरता लिई छिटो निर्णयमा पुग्नुपर्ने बेला प्रचण्ड र देउवा र यसरी निरपेक्ष बस्न मिल्छ ?

सत्तामा मात्र प्रयोग
जब मधेस केन्द्रित दलहरु सडकमा आइसकेका थिए, उनै विरुद्ध मधेसी दलहरु सुशीललाई भोट हाल्न आए तर, उनीहरुको भोटले काम गरेन । ओली नै जित्न पुगे । फेरि ९ महिनापछि उनै मधेसी दलहरु ओलीलाई हटाउनका लागि संसदमा आए यसपटक हटाउने प्रयासमा सफल भए । तर, आफ्ना जाजय मागको सुनुवाईको छेउछाउसम्म पनि पुगेका छैनन् ।

ओली निहुँ, आँखा सत्ता र शक्तितिर
ओलीलाई हटाएपछि रातारात संविधान संसोधन हुन्छ । मधेसीहरु विश्वासमा आउँछन् भनेर कांग्रेस र माओवादीका नेताल फलाक्न छोड्नन् । तर, उनीहरुको गैरजिम्मेवारीपनाले सत्ता फेर्नेभन्दा उनीहरुको अर्को कुनै योजना र उद्देश्य थिएन की प्रष्ट हुँदै गएको छ । किनकी समयमा सुविधा नभएको यो बेलामा दिनकै पटकौंपटक मधेसी मोर्चासँग वार्ता हुनुपथ्र्यो । यसमा एमालेलाई साथमा लिनुपर्ने थियो । तर, यसमा न प्रचण्डको अग्रसरता छ न देउवाको सहयोग छ । ओलीलाई हटाइहालियो अब आफू अनूकूलको समयमा स्थानीय पुरानै संरचनामा चुनाव गर्नतिर कांग्रेस र माओवादी डाहोरिने जस्तो देखिएको छ । पुरानै संरचनामा चुनाव गर्न कांग्रेस सभापतिले प्रष्टै बोलिसकेका छन् ।

morcha prachanda deuwa meeting

उता कांग्रेसलाई पुरानै संरचनामा चुनाव गरेर भए पछि चैतपछि सरकार आफ्नो पक्षमा पार्नुपर्ने अवस्था छ । ओलीलाई निहु बनाएर देउवाले अन्ततः सोचेको सत्ता र शक्ति नै हो भन्ने देखिन्छ । किनकी अब ८ महिनापछि आफू प्रधानमन्त्री बन्ने गरी देउवाले प्रचण्डसँग सम्झौता नै गरिसकेका छन् ।

उल्टो बाटोमा
मधेसीसँग कुरा नमिलिरहँदा प्रचण्ड र देउवाको बाटो भने उल्टो देखिएको छ । किनकी लामो त्याग, तपस्या लडझडपछि स्थापित भएको संघीयतालाई कार्यान्वयन गराउनकै लागि प्रधानमन्त्री प्रचण्ड र देउवा नै अग्रसरत छैनन् की भन्ने देखिएको छ । स्थानीय निकाय पुनर्संरचना आयोगले ५६५ वटा स्थानीय तहको प्रस्ताव गरे पनि कांग्रेस र माओवादीबाट अहिले यो होइन पहिले भएका ९२७ इलाकालाई स्थानीय तह मानेर जाउँ भन्ने अभिव्यक्ति आइरहेका छन् । यतिधेरै पैसा समय खर्चिएपछि फेरि पूरानै संरचनामा जाने जिम्मेवारी नेताको अभिव्यक्तिले नेपाललाई कहाँ पर्याउला ?

प्रचण्डले बिना मगरका बाबु आमासँग भेट्दा गालीको वर्षा


The post प्रचण्ड र देउवा ओलीलाई खुशी बनाउने बाटोमा ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.


बाँकी NEPAL123.COM मा पढौं

नेपालमै यस्तो ठाउँ, जहाँ महिलाले चलाउँछन् शासन !

Mahila News

काठमाडौं, १६ भदौ । मकवानपुरमा यस्तो समुदाय छ, जहाँ महिला ‘शासन’ चलाउँछन् भने पुरुष घरायसी काममा व्यस्त बन्ने गरेका छन् । वनकरिया जातिमा पुरुषभन्दा महिला अगाडि छन् । वनकरिया समुदायका पुरुष चुलोचौका र जंगल छाडेर अन्यत्र जान रुचाउँदैनन् । देशमा पुरुषबाट महिलापछि परे भन्दै हरेक क्षेत्रमा पुरुषसरह महिला सहभागिताको कुरा चलिरहेको छ ।

तर, वनकरिया वस्तीमा महिलाभन्दा पुरुष पछि परेको गुनासो गर्छन् । पुरुषहरु भन्दा महिला अगाडि छन् । वनकरिया समुदायका पुरुषहरु चुलोचौका र जंगल छाडेर अन्यत्र जान अझै पनि रुचाउँदैनन्, लजाउँछन् ।

आफूहरुको हकअधिकारको विषयमा सदरमुकाम हेटौंडामा आएर कुरा राख्नुपर्यो भन्दा पुरुषहरु लजाउँदै घरभित्र पस्छन् भने गाउँका हरेक काममा महिला मूली हुन्छन् । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ । #फाइल फोटो


बाँकी NEPAL123.COM मा पढौं

कतारले थाल्याे अवैध कामदारका लागि ३ महिने आममाफी प्रक्रिया

Doha-Qatar
१६ भदौ, काठमाडौं । कतारले अाज (बिहीबार) देखि अवैधरुपमा काम गरिरहेका विदेशी कामदारलाई आममाफी दिन सुरू गरेको छ । कतार आन्तरिक (गृह) मन्त्रालयले महिना अवधि तोकेर अवैध कामदारहरुलाई आममाफी दिन सुरू गरेको हो ।

बिहीबारदेखि सुरु भएको आममाफीको प्रक्रिया डिसेम्बर १ सम्म चल्नेछ । यो अवधिमा विभिन्न कारण करार सम्झौता भएका कम्पनी छाडेर अरु नै ठाउँमा काम गर्दै आएका कामदार प्रक्रिया पुरा गरेर स्वदेश फर्किन पाउने छन् ।

कतारको गृह मन्त्रालयले अवैध रुपमा बसिरहेका आप्रवासी कामदारलाई स्वदेशकफािएन सहज वातावरण तयार गरिएको बताएको छ ।

कतारमा ठूलो संख्यामा अवैध विदेशी कामदार कार्यरत छन्, जसमा नेपालीहरुको संख्या उल्लेख्य छ  । अब त्यहाँको सरकारले तोकेको प्रक्रिया पुरा गरेर उनीहरुलाई बिना सजाय घर फर्किन सक्नेछन् ।

आममाफी प्रक्रियाका लागि पासपोर्ट, पासपोर्ट नभए नेपाली दूतावासले जारी गरेको ‘ट्राभल डकुमेन्ट’, टिकट र पतका आइडीको फोटोकपी आवश्यक पर्छ ।

अवैधानिक कामदारले कामदार आइतबारदेखि बिहीबारसम्म स्थानीय समय अनुसार दिउँसो २ बजेदेखि राति ८ बजेसम्म सनैयास्थित खोज तथा अनुसन्धान विभाग (सिआइडी) मा निवेदन दिन सक्छन् ।

कतारले आवश्यक प्रक्रिया पुरा गरेर निवेदन दिएको तीन दिनभित्र कतारबाट बिना सजाय स्वदेश फर्किन ‘इक्जिट परमिट’ दिने भएको छ ।

सन् २०२२ को विश्वकप आयोजनाको जिम्मा पाएको कतारले अवैध कामदार र उनीहरुको अवस्थालाई लिएर पछिल्लो समय अन्तर्राष्ट्रिय मानवधिकारवादी संघ संस्था र विभिन्न देशको दबाव खेप्दै आएको थियो ।

कतारले सन् २००९ मा लागू गरेको आप्रवासी कामदर समबन्धी कानुन नम्बर ४ अनुसारका कामदारलाई आममाफी दिनेछ । तर, आममाफी सुविधा लिएर स्वदेश फर्किने कामदार २ वर्षसम्म फेरि कतारमा जान पाउने छैनन् ।

कतार सरकारले यसअघि सन् २००४ मा आममाफी प्रक्रिया चलाएको थियो ।


बाँकी NEPAL123.COM मा पढौं

अमेरिका र जापानलाई चीनको चेतावनी- कदम चाल्न बाध्य नबनाउ


१६ भदौ, एजेन्सी ।

चीनले अमेरिका र जापानलाई आफूबिरुद्ध रणनीतिक गठबन्धन नगर्न चेतावनी दिंदै त्यसो भएमा उक्त प्रतिस्पर्धालाई स्वीकार गर्न बेइजिङ बाध्य हुने चेतावनी दिएको छ ।

भारतीय मिडिया भन्छ- नेपालमा चीनको कमजोरीको फाइदा भारतले उठाउँदैछ

सरकारी सञ्चार माध्यमकोरुपमा रहेको चीनियाँ दैनिक ‘द ग्लोबल टाइम्स’ले सम्पादकीय लेख्दै अमेरिका लगायतका उसका गठबन्धन शक्तिसँग कुटनीतिक प्रतिस्पर्धा गर्न तयार रहेको चेतावनी दिएको हो ।

chinese army


सम्पादकीयमा भनिएको छ,‘अमेरिका र जापानले आफ्नो भूराजनीतिक कार्ययोजनाको केन्द्रमा चीनलाई राखेको देखिन्छ । तर बेइजिङ यी दुईको योजना अनुरुप आफ्नो ध्यान त्यसतर्फ आकृष्ट हुन दिंदैन । २१ औं शताब्दीको भूराजनीति कसैलाई घेराबन्दी गर्ने परम्परागत खेल जस्तो होइन । बाहिरी विश्वले चीनियाँ कुटनीतिलाई गलत बुझेको छ ।’

दवाव र तनावमा प्रचण्डः देउवाबाटै अफ्ठेरो पर्ने संकेत

सम्पादकीयमा अगाडी भनिएको छ, ‘चीनले आधुनिक राष्ट्रिय प्रतिरक्षा निर्माण गर्नु आवश्यक छ र दीर्घकालीन आर्थिक ऊर्जा र आफ्नो दृष्टिकोणलाई विस्तार गर्नुपर्छ । चीनियाँ सेना यति बलियो हुनुपर्छ कि कुनै बाह्य सैन्य दवावलाई पराजित गर्न सक्नुपर्छ । चीनियाँ अर्थतन्त्रले आफ्नो दीर्घकालीन समृद्धिको गतिलाई कायम राख्दै अमेरिकी अर्थतन्त्रलाई उछिन्नेछ ।’

भारतलाई पनि चीनले चेतावनी दिएको छ । क्षेत्रीय साझेदारीका लागि पनि अनावश्यक कुरामा निहुँ खोजेर चीनसँगको सम्बन्ध नविगार्नु नै चीनका लागि बुद्धीमानी हुने ग्लोबल टाइम्सको भनाइ छ ।

चीन भर्सेज भारतः को सँग कति सेना र हतियार (फिचर)

साउथ चाइना सीको विषयमा भारतले अनावश्यक पाखुरा सुर्किँदा दुई देशबीचको सम्बन्धमा समस्या आउने तर्फ पनि उक्त पत्रिकाले सचेत तुल्याएको छ ।


The post अमेरिका र जापानलाई चीनको चेतावनी- कदम चाल्न बाध्य नबनाउ appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.


बाँकी NEPAL123.COM मा पढौं

उपराष्ट्रपति अचानक बिरामी: निर्धारित सबै कार्यक्रम रद्द

Uparastrpati-News

काठमाडौ । उपराष्ट्रपति नन्दकिशोर पुन अस्वस्थ्य भएका छन् । केही दिनदेखि सामान्य ज्वरोको समस्या भोगेका उनीमा आज थप समस्या देखिएको छ । अस्वस्थताका कारण बिहिबार उनको पूर्वनिर्धारित सबै कार्यक्रमहरु रद्द भएको छ ।

बिहिबार फोटो जर्नलिस्ट क्लवले आयोजना गरेको कार्यक्रममा उनी जाने भनिएपनि अन्तिम समयमा सहभागि हुन नसक्ने खबर पठाएका थिए । उनका स्वकीय सचिव सुखबहादुर रोक्काले उपराष्ट्रपतमा ज्वरो तथा जीउ चिलाउने एलर्जी भएको बताए ।

स्वकीय सचिव रोक्काका अनुसार नर्भिक अस्तपालका डा.शिवजी सिलवाल उनको निवासमै पुगेर उपचारमा सक्रिय छन् ।


बाँकी NEPAL123.COM मा पढौं

सत्तारूढ दलका सांसदद्वारा सरकारको आलोचना

CA_BICC News

काठमाडौं । सरकारलाई सर्मथन गरेका सत्तारूढ दलका सांसदहरुले नै सरकारको आलोचना गरेका छन । प्रमुख सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद्ले नै सरकारमाथि कालोबजारीयाहरुसँग लुकामारी खेलेको आरोप लगाएका छन् । व्यवस्थापिका संसद्को बिहिबार बसेको बैठकमा शून्य र विशेष समयमा भाग लिएका माओवादी केन्द्रका सांसद्हरुले बजार अनुगमनका नाममा सरकारले कालोबजारियाहरुसँग लुकामारी खेलेको आरोप लगाएका हुन् ।

सांसद् अग्नीप्रसाद सापकोटाले बजार अनुगमन सुरु हुँदा जनतामा आशा पलाए पनि कैफियत फेला परेका व्यापारीका फर्म र पसलमा गरिएको सिलबन्दी धमाधम खोलिनु रहस्यमय भएको बताए ।  उनले कैफियत फेला परेका पसल र फर्मको सिलबन्दी खोलिनुले बजार अनुगमन सरकार र व्यापारीहरुको लुकामारी खेलजस्तो देखिएको बताए ।

बैठकमा नेकपा माओवादी केन्द्का तर्फबाट मनोनित सांसद् जनकराज जोशी र नेपाली काँग्रेसकी सांसद् रश्मी ठाकुरले मन्त्रीपरिषद्बाट निर्णय गराएर पूर्वपदाधिकारीको नाममा पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई अमेरिकामा उपचारका लागि ६० लाख रुपैयाँ दिइएकाप्रति सरकारको आलोचना गरिन् । यस्तै माओवादी केन्द्रकै सांसद् रामनारायण बिडारीले मुलुकमा जताततै भ्रष्ट्राचार र कालोबजारी व्याप्त रहेपनि तिनलाई न्युनिकरण गर्नका लागि सरकारले कार्यनीति ल्याउन नसकेको बताए ।

उनीहरुले सामान्य नागरिकले उपचारको अभावमा ज्यान गुमाइरहेको अवस्थामा पूर्वराष्ट्रपति डा. यादवलाई अमेरिकामा उपचारका लागि राज्यकोषबाट ठूलो रकम दिइनु आपत्तिजनक भएको बताइन् ।  सांसद् जोशीले पूर्वपदाधिकारीहरुलाई पहुँचका आधारमा मन्त्रीपरिषद्बाट निर्णय गराएर जथाभावीरुपमा सुविधा दिने क्रम रोकी पूर्वपदाधिकारीको सुविधा सम्बन्धी विधेयक तत्काल संसद्मा पेश गर्न सरकारको ध्यानाकर्षण गराइन् । बैठकमा अर्को सत्तारुढ नेपाली काँग्रेसका सांसद् रामहरि खतिवडाले सांसद्हरुले शून्य र विशेष समयमा उठाएका सवालबारे मन्त्रीहरुबाट जवाफ दिने व्यवस्था गर्न माग गरेका थिए ।


बाँकी NEPAL123.COM मा पढौं

व्यवस्थापिका संसद्बाट चार विधेयक पारित

CA-Bicc_2nd-Nepal

काठमाडौं । व्यवस्थापिका संसद्ले चार वटा विधेयक पारित गरेको छ । संसद्बाट विधेयक पारित भएसँगै कर्मचारी संचय कोषलाई सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका निकायद्वारा प्रवद्र्धित पूर्वाधार निर्माणसँग सम्बन्धित कम्पनीको शेयरमा लगानी गर्ने बाटो खुलेको छ ।
व्यवस्थापिका संसद्को बिहिबार बसेको बैठकले कर्मचारी सञ्चय कोष (नवौं) संशोधन विधेयक २०७३, लेखापरीक्षण (पहिलो संशोधन) विधेयक २०७३, नेपाल राष्ट्र बैंक (दोस्रो संशोधन) विधेयक २०७३ र निक्षेप तथा कर्जा सुरक्षण कोष विधेयक २०७३ पारित गरेको हो । बैठकले कर्मचारी सञ्चय कोष (नवौं) संशोधन विधेयक सर्वसम्मतिले तथा बाँकि तीन विधेयक वहुमतले पारित गरेको हो ।

कोषले उर्जा उत्पादन, प्रसारण, पर्यटन, कृषि, विकास र अन्य पूर्वाधार निर्माणसँग सम्बन्धित कम्पनीको शेयरमा लगानी गर्न पाउने गरी विधेयक पारित गरिएको छ । कोषले अहिले शेयरमा २२ अर्ब २० करोड रुपैयाँ लगानी गरेको छ । संसद्ले ५ लाख संचयकर्ताको १ खर्ब ८७ अर्ब ५६ करोड ५३ लाख रुपैयाँ संचय कोष रहेको कोषलाई विश्वविद्यालय, शिक्षण अस्पताल, मेडिकल कलेज र औषधी उत्पादनमा लगानी गर्ने बाटो पनि खोलिदिएको छ ।

कोषले अहिले लगानी गर्ने ठाउँ नपाएर ३६ अर्ब ८७ करोड रुपैयाँ वाणिज्य बैंकहरुमा मुद्दती खातामा राखेको छ । यस्तै, संसद्बाट नेपाल राष्ट्र बैंक (दोस्रो संशोधन) विधेयक पारित भएसँगै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर तथा उच्च अधिकृतहरुले अवकाशलगत्तै अन्य बैंक तथा वित्तिय संस्थामा जागिर खान नपाउने भएका छन् ।

डेपुटी गभर्नरहरुले अवकाश पाएको तीन वर्षसम्म तथा अन्य उच्च अधिकृतहरुले २ वर्षसम्म अन्य बैंक तथा वित्तिय संस्थामा जागिर खान नपाउने गरी विधेयक पारित गरिएको हो । पारित विधेयकमा तोकिएको अवधिपछि जागिर खाँदा पनि नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने व्यवस्था छ ।


बाँकी NEPAL123.COM मा पढौं

गंगामायाले गगन थापासँग पठाइन् प्रचण्डलाई सन्देश


१६ भदौ, काठमाडौं।

द्नन्द्धकाालमा मारिएका छोराका हत्यारालाई कारवाही गर्न माग गर्दै अनशनरत गंगामायाँ अधिकारीले स्वास्थ्यमन्त्री गगन थापासँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सन्देश पठाएकी छिन् ।

करिश्माको भावुक स्ट्याटस- बुवा भनेको कस्तो हुन्छ थाहा छैन

बीर अस्पताल नीरिक्षण गर्न पुगेका मन्त्री गगन थापासँग गंगामायाले आफ्नो छोराको हत्यामा संलग्न छ जना रहेको र तिनीहरुलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने विषयमा प्रधानमन्त्रीलाई अनुरोध गरिदिन सन्देश पठाएकी हुन् ।

Gagan Thapa mic


फाइल तस्विर

वीर अस्पतालको निरीक्षणमा गएका स्वास्थ्य मन्त्री गगन थापा अस्पतालमा अनशनरत गंगामाया अधिकारीलाई पनि भेट्न पुगेका थिए ।

दवाव र तनावमा प्रचण्डः देउवाबाटै अफ्ठेरो पर्ने संकेत

गंगामायाले आफ्ना माग पुरा गर्न सक्ने भए छोराका ६ जना हत्यारालाई कारवाही गर्न नसक्ने भए आफूलाई कात्रो ओड्न दिन माग गरेपछि गगन अवाक भए ।

ganga maya adhikari prachanda

गंगामायाको कुरा सुनेर भावुक देखिएका गगनले गंगामायाँको सन्देश प्रधानमन्त्रीलाई पुर्‍याउने भन्दै आजकै मन्त्री परिषद बैठकमा यो कुरा उठाउने प्रतिबद्धता जनाएका थिए ।

अनौठो संयोगः गगनले होंच्याएका २ ब्यक्ति जसलाई अव मान गर्नु पर्नेछ


The post गंगामायाले गगन थापासँग पठाइन् प्रचण्डलाई सन्देश appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.


बाँकी NEPAL123.COM मा पढौं

शल्यक्रियापछि सुत्केरीको निधन, जनकपुर अस्पतालमा विवाद

Dead-Body-in-Janakpur-Hospi

१६ भदौ, जनकपुरधाम । जनकपुर अञ्चल अस्पतालमा प्रसुतीका लागि भर्ना भएकी एक युवतीको मृत्यु भएपछि उनका आफन्तले डाक्टरको लापरवाहीका कारण यस्तो भएको आरोप लगाएका छन् ।

जनकपुर अञ्चल अस्पतालमा भर्ना भएकी महोत्तरीकी २६ वर्षीया चन्द्रकला पासवानको शल्यक्रियाका क्रममा निधन भएको हो । शल्यक्रियाका क्रममा डाक्टरले बच्चा निकाल्दा पाठेघर नै निकालिदिएको आफन्तजनको आरोप छ ।

प्रसव व्यथाले च्यापेपछि महोत्तरी भरतपुर ४ निवासी पासवानलाई सोमबार राति ८ बजे जनकपुर अञ्चल अस्पताल भर्ना गरिएको थियो । उनका श्रीमान शिवजीका अनुसार समय पुग्दा पनि २४ घण्टासम्म बच्चा नजन्मिएपछि डाक्टरको सल्लाहमा शल्यक्रिया गर्ने निर्णय भएको थियो ।

मृतकका काका अनिल पासवानका अनुसार प्रसुति रोग विशेषज्ञ डा.शिला सिंहले चन्द्रकलाको शल्यक्रिया गरी बच्चाको स्थानमा पाठेघर नै झिकेपछि अत्याधिक रक्तश्राव भएको हो ।

शल्यक्रियापछि डा. सिंहले पेटभित्रै बच्चाको मृत्यु भइसकेको बताएको आफन्तले जनाएका छन् । अत्यधीक रक्तश्रावका कारण ७ पाउण्ड रगत चढाइएको थियो ।

डा.सिंहको समूहले शल्यक्रियाको क्रममा गडबढी गरेपछि अत्याधिक रक्तश्रावका कारण चन्द्रकला झनै सिकिस्त बनेको आफन्तको आरोप छ ।
बुधबार बिहान पीडितको अवस्था नाजुक भएपछि अस्पतालले जनकपुरकै सिटी हस्पिटल रिफर गर्‍यो र त्यहीँ उपचारका क्रममा चन्द्रकलाको मृत्यु भयो । उनका दुई छोरी छन् ।

रगत अभावले बिरामीको मत्युः अस्पताल

पीडित पक्षले चिकित्सकको लापरबाही भने पनि बिहीबारसम्म अञ्चल अस्पतालले यो आरोप स्वीकार गरेको छैन । अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डाक्टर गौराग मिश्राले चन्द्रकलाको सामान्य रुपमा बच्चा नजन्मेपछि डा. शिला सिंहले शल्यक्रिया गरेकी हुन् ।

शल्यक्रियाका क्रममा पाठेघर फाटेपछि अर्का प्रशुति रोग विशेषज्ञ डा.विजय सिंहलाई बोलाएर दुबैले तीन घण्टा लगाएर शल्यक्रिया सफल गरिएको अस्पतालको भनाइ छ ।

शल्यक्रिया पश्चात चन्द्रकलाको अवस्था ठीक भएको र रगत अभावका कारणले उनको ज्यान गएको मिश्राले बताए । यस विषयमा शल्यक्रिया गर्ने डाक्टरहरुसँग सप्टष्टीकरण मागिएको र गलत गरेको ठहरे कारबाही गर्ने उनले प्रतिवद्धता जनाए ।

अस्पताल र डाक्टरको लापरवाहीले चन्द्रकलाको ज्यान गएको परिवारजनले आरोप लगाउँदै दोषी डाक्टरलाई कारवाही र क्षतिपूर्तिको माग गरेका छन् । कारवाही नगरिए आफूहरु बाध्य भएर आन्दोलनमा उत्रने अनिलले बताए ।


बाँकी NEPAL123.COM मा पढौं

गंगामायाले मन्त्री गगन थापालाई भनिन्–‘माग सम्बोधन गरिदिनोस्

ganga ra gaganकाठमाडौं, भदौ १६ । छोरा कृष्णप्रसादका हत्यारालाई कारबाहीको माग गर्दै लामो समयदेखि वीर अस्पतालमा अनशनरत् गोर्खा, फुजेलकी गंगामाया अधिकारीले आफ्नो माग तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेकी छन् ।

पछिल्लो समयमा १८ दिनदेखि आमरण अनशनमा रहेकी अधिकारीलाई भेट्न विहीबार वीर अस्पताल पुगेका स्वास्थ्यमन्त्री गगन थापासँग गंगामायाले यस्तो माग गरेकी हुन् ।

गंगामायाले स्वास्थ्यमन्त्री थापामार्फत् प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफ्नो माग सम्बोधन गर्न आग्रहसमेत गरेकी छन् ।

२०६१ सालमा चितवनमा माओवादीले हत्या गरेका गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाहीको माग गर्दै अनशनमा रहेकी गंगामाया पछिल्लोपटक दाहाल प्रधानमन्त्री बनेपछि पुनः आमरण अनशनमा बसेकी हुन् ।

अनशनकैक्रममा उनका पति नन्दप्रसादको निधन भएको २ वर्ष बितिसक्दा पनि उनको शवको अन्त्येष्टि हुन सकेको छैन ।

 



Read More: गंगामायाले मन्त्री गगन थापालाई भनिन्–‘माग सम्बोधन गरिदिनोस्

माओवादीहरु जुट्न सुरु भएपछि उनीहरुको निदहराम हुँदैछः बादल

काठमाण्डु, १६ भदौ– नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ले माओवादी शक्ति फुटमा पुगेर टुंगिने खतरा बढेपछि जनविरोधी शक्तिहरुले टाउको उठाउने मौका पाएको बताएका छन् ।

बिहीबार अखिल क्रान्तिकारीको ३ नम्बर प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

अबका दिनमा जनविरोधी शक्तिहरुका विरुद्ध माओवादीहरु जुट्न सुरु गरिसकेको बताउँदै उनले फुटबादलाई परास्त गरी विजयको झण्डा गाड्नका निम्ति माओवादीहरु एकताबद्ध हुने अभियान सुरु भइसकेको प्रस्ट पारे ।

माओवादीहरुको एकताले अब जनविरोधी शक्तिहरुको निदहराम हुने बताउँदै उनले आफुहरुले अब विजयको झण्डा गाड्ने बताए ।

विद्यार्थी संगठनभित्र देखिएको समस्यालाई पार्टीले सम्बोधन गर्ने बताउँदै पार्टी संगठन विभाग प्रमुख समेत रहेका बादलले पार्टी एकतासँगै संगठनात्मक क्षेत्रमा देखिएका समस्यालाई समेत तत्काल हल गर्दै जाने दाबी गरे ।

एकता भेलामा अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने, पूर्व अध्यक्ष रमेश मल्ल लगायतले पनि बोलेका थिए । सम्मेलनमा तीन सयभन्दा बढी प्रतिनिधि सहभागी रहेका छन् । सम्मेलनको शुक्रबारदेखि बन्दसत्र सुरु हुँदैछ ।



Read More: माओवादीहरु जुट्न सुरु भएपछि उनीहरुको निदहराम हुँदैछः बादल

विदेश राज्यमन्त्री किसी स्वदेश फिर्ता

काठमाडौँ, १६ भदौ । जापानका विदेश राज्यमन्त्री नोबो किसी नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी आज अपराह्न स्वदेश फर्केका छन् ।

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सव समारोहमा सहभागी हुन आएका राज्यमन्त्री किसीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री कृष्णबहादुर महरा र परराष्ट्रमन्त्री डा प्रकाशशरण महतसँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राज्यमन्त्री किसीलाई नेपालका लागि जापानी राजदूत मासासी ओगावा, परराष्ट्र मन्त्रालय र यहाँस्थित जापानी दूतावासका उच्च अधिकारीले बिदाई गरे।

The post विदेश राज्यमन्त्री किसी स्वदेश फिर्ता appeared first on Diyo post.



Read More: विदेश राज्यमन्त्री किसी स्वदेश फिर्ता

नेपाल–जापान कूटनीतिक सम्बन्धको ६०औँ वार्षिकोत्सव

काठमाडौँ, १६ भदौ । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सवका अवसरमा नेपाल सरकारद्वारा विहीवार राजधानीमा एक विशेष समारोह आयोजना गरियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्का सदस्य, जापानका विदेश राज्यमन्त्री नोबो किसी तथा उनले नेतृत्व गरेको जापानी प्रतिनिधिमण्डल, यहाँस्थित कूटनीतिक नियोग तथा नेपालको विकासका साझेदार संस्थाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका पदाधिकारी, नेपालका कूटनीतिक वर्ग र समाजका प्रतिष्ठित व्यक्तित्वको उपस्थितिमा भएको उक्त समारोहको उद्घाटन गरे ।

समारोहलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले आपसी विश्वास र सहयोगमा आधारित नेपाल र जापानबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको चर्चा गर्दै नेपालको सामाजिक एवम् आर्थिक विकास प्रयासमा जापानबाट निरन्तर प्राप्त सहायताको सराहना गरे। समारोहमा नेपाल र जापानका कलाकारले दुवै मुलुकका संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।

The post नेपाल–जापान कूटनीतिक सम्बन्धको ६०औँ वार्षिकोत्सव appeared first on Diyo post.



Read More: नेपाल–जापान कूटनीतिक सम्बन्धको ६०औँ वार्षिकोत्सव

स्वास्थ्यमन्त्री गगन थापाको प्रस्ताव संसदमा पुग्यो, देउवादेखि ओलीसम्म मुछिए!

upchar

काठमाडौं, १६ भदौ । व्यवस्थापिका-संसद्को आजको बैठकमा पूर्व विशिष्ट व्यक्ति तथा शीर्ष नेताहरुले राज्यको ढुकुटीबाट लिँदै आएको उपचार खर्च रोक्नुपर्ने आवाज उठेको छ ।

सभामुख ओनसरी घर्तीको सभापतित्वमा बसेको बैठकमा सांसद रश्मी ठाकुरले जनता सिटामोल नपाएर मरिरहेको बेला पूर्व विशिष्ट तथा नेताहरु उपचारका लागि विदेशका मंहगा अस्पताल धाउनु गलत भएको बताइन् ।

आफ्नो राजनीतिक करियरमा पहिलोपटक मन्त्री बनेका कांग्रेस केन्द्रीय सदस्य एवं स्वास्थ्यमन्त्री गगन थापाले विशिष्ट अधिकारी एवं शीर्ष नेताहरुले राज्यको ढुकुटीबाट लिँदै आएको उपचार खर्च रोक्ने घोषणा गरेको दुई दिनपछि यो विषय संसदमा प्रवेश गरेको हो ।

सांसद ठाकुरले पूर्व विशिष्ट व्यक्तिले स्वदेशमा उपचारको व्यवस्था हुँदाहुँदै पनि विदेश जानुको अर्थ के भनी प्रश्न गरिन् । उनले सर्वसाधारणको उपचार स्वदेशमा हुने तर, विशिष्टको किन नहुने भन्दै विशिष्टले विदेशमा गर्ने उपचार खर्चले स्वदेशमै सुविधाजनक अस्पतालको व्यवस्था गर्न सकिने धारणा राखिन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर तथा एमाले अध्यक्ष केपी शर्मा ओली थाइल्याण्ड उपचार गराउन गएका बेला उनले विदेश उपचार गर्न जाने नेता तथा विशिष्ट व्यक्तिलाई राज्यको ढुकुटीबाट एक रुपैयाँ समेत नदिन सरकारसँग माग गरिन् । ‘जनता, नेता तथा विशिष्टहरु सबै मानिस नै हुन् । जनताको जस्तोसुकै उपचार पनि देशमै हुने तर, नेताहरुको मात्र किन हुँदैन् ?’ उनले प्रश्न गरिन् ।

यसअघि मन्त्री नियुक्त भएलगत्तै स्वास्थ्य मन्त्री गगन थापाले उपचार गर्न विदेश गएका आफ्नै पार्टी सभापति देउवालाई च्यालेञ्ज गर्दै उपचार गर्न रोक्ने घोषणा गरेका थिए ।

उनले आफूलाई जति नै ठूलो रोग लागेपनि राष्ट्रको ढुकुटीबाट एक रुपैयाँ उपचार खर्च नलिने घोषणा पनि गरेका थिए । ‘कोही बाहिर गएर उपचार गर्छु भन्नु उसको आफ्नो अधिकारको कुरा हो । तर, पूर्वविशिष्ट अधिकारीका नाममा राज्यको खर्चबाट बाहिर उपचार गर्ने पद्दतिलाई रोक्नुपर्छ,’ उनले भनेका थिए ।

नेपालकै अस्पतालमा राम्रो उपचार हुनसक्ने तर्क गर्दै उनले आफू विरामी हुँदा स्वदेशमै उपचार गर्ने बताएका थिए ।

 



Read More: स्वास्थ्यमन्त्री गगन थापाको प्रस्ताव संसदमा पुग्यो, देउवादेखि ओलीसम्म मुछिए!

प्रधानमन्त्रीको भारत भ्रमणलाई संविधान संशोधनसँग जोड्नुहुँदैन – अध्यक्ष यादव

विराटनगर, १६ भदौ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा संशोधनको प्रक्रिया अविलम्ब अगाडि बढाउनुपर्ने धारणा राखेका छन् ।

सो पार्टीको मोरङ शाखाद्वारा विराटनगरमा आज आयोजित मुलुकको वर्तमान राजनीतिक परिवेश तथा पार्टी प्रवेश कार्यक्रममा उनले संविधानमा संशोधन गर्नकै लागि वर्तमान सरकारको जन्म भएको दाबी गरे ।

उनले संविधान संशोधनका लागि विधेयक तयार नहुनु र संसद्मा प्रवेश नभएकाले आशङ्का हुनु स्वाभाविक हो भने । संविधान संशोधनको विषयमा चारैतिर अन्योलको अवस्था देखिएकाले चिन्ता हुनु स्वाभाविक भएको भन्दै उहाँले सरकारले ढिलाइ गरेमा अर्को राष्ट्रिय आन्दोलन हुने चेतावनी दिए ।

प्रधानमन्त्री दाहालको भ्रमणलाई संविधान संशोधनको विषयसँग जोड्नुहुँदैन । उनले भने – “संविधान संशोधनको विषय आन्तरिक भएकाले सबै मिलेर नै यस समस्यालाई समाधान गर्नुपर्छ ।”

The post प्रधानमन्त्रीको भारत भ्रमणलाई संविधान संशोधनसँग जोड्नुहुँदैन – अध्यक्ष यादव appeared first on Diyo post.



Read More: प्रधानमन्त्रीको भारत भ्रमणलाई संविधान संशोधनसँग जोड्नुहुँदैन – अध्यक्ष यादव

धनगढीमा १० जना स्क्रब टाइफसको बिरामी भेटिए

कैलाली, भदौ १६ । धनगढीमा १० जना बिरामीमा स्क्रब टाइफसको संक्रमण भेटिएको छ ।

सेती अञ्चल अस्पतालमा  उपचारका लागि आएकामध्ये १४ जनाको रगत परीक्षण गर्न काठमाडौं पठाउँदा १० जनामा स्क्रब टाइफस भेटिएको अस्पतालकी मेडिकल वार्ड इन्चार्ज यशोदा ढकालले जानकारी दिइन् ।

अहिलेसम्म अस्पतालले पठाएका २२ नमुनामा १६ जनामा स्क्रब टाइफस देखिएको छ ।

अस्पतालकी इन्चार्ज ढकालले गाउँ–गाउँका अरु मानिस पनि स्क्रब टाइफसका बिरामी भएको हुनसक्ने बताइन् ।

स्क्रब टाइफसका बिरामी बढ्नेक्रममा रहेपनि त्यसको परीक्षण गर्ने उपकरण अस्पतालमा नहुँदा समस्या भएको छ ।

एक प्रकारको संक्रमित किर्नाले टोकेमा यो रोग लाग्छ । यो रोग लागेमा टाउको दुख्ने, उच्च ज्वरो आउने, गर्दन र घाँटी वरिपरि मसिना बिमिरा आउने, पसिना आउने, ग्रन्थी सुनिनेलगायतका लक्षण देखिने गर्दछ ।आर्थिक वर्ष २०७३/७४ को सुरुआतमै कैलालीमा यति धेरै स्क्रब टाइफसका बिरामी फेलापरेको यो पहिलोपटक हो ।



Read More: धनगढीमा १० जना स्क्रब टाइफसको बिरामी भेटिए

मापदण्ड विपरित सञ्चालित दुई उद्योगमा शिलबन्दी

Shilbandi

१६ भदौ, झापा । खाद्यान्नमा मिसावट र म्याद गुजि्रएका खाद्य सामग्री बिक्री गरेको व्यापक जनगुनासो बढेपछि जिल्ला बजार अनुगमन समितिले सुरु गरेको अनुगमनका क्रममा मापदण्ड विपरित सञ्चालित झापाका दुई उद्योगमा शिलबन्दी गरिएको छ ।

झापाका सहायक प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाको नेतृत्वमा रहेको अनुगमन टोलीले मेचीनगर नगरपालिकामा रहेको शर्मिला विस्कुट उद्योग र अस्मिता पाउरोटी उद्योगमा शिलबन्दी गरेको हो ।

विस्कुट उद्योगको सञ्चालक शर्मिला बुढाथोकी हुन् भने कुलबहादुर पोखरेलले पाउरोटी उद्योगका सञ्चालन गरेका हुन् ।

शिल गरिएका दुवै उद्योगले उत्पादनमा मिति, तौल र लेवल गलत लेखेको पाइएको सहायक प्रजिअ निरौलाले बताए ।

अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक प्रेम आर्याल, घरेलु तथा साना उद्योग कार्यालय, झापाका अधिकृत गोपाल सुब्बा, जिल्ला प्रशासन कार्यालय झापाका नायव सुब्बा तेजेन्द्र न्यौपाने लगायत थिए ।



Read More: मापदण्ड विपरित सञ्चालित दुई उद्योगमा शिलबन्दी

Rautahat elderly expelled from house after torture

RAUTAHAT: An elderly woman has pleaded for justice after reportedly being tortured and expelled from her house by her sons and daughters-in-law, in Rautahat district.

The 70-year-old Sukhiya Devi Sah, a local of Pathara Budharam VDC-1 of the district called out for help from the Chief District Officer Narhari Baral, claiming that her sons, Ram Kishor Sah and Gauri Shankar Sah along with their wives had tortured her and thrown her out from her house.

Sah said she had some dispute with the sons and their wives after her husband died and the sons registered the 16 kattha land with their own names.

It has been reported that she was chained, beaten black and blue and was forced to leave the house frequently.

The victim’s senior citizen allowance was also snatched away by her sons, forcing her to survive by begging around the villages.

Meanwhile, it has been learnt that Baral ordered the District Police Office to arrest the alleged offenders. He has also assured Sukhiya Devi Sah of the strict actions against her sons.

The post Rautahat elderly expelled from house after torture appeared first on The Himalayan Times.



Read More: Rautahat elderly expelled from house after torture

किन पुगे राष्ट्रपति भेट्न प्रधानमन्त्री प्रचण्ड शीतल निवास ?

काठमाण्डु, १६ भदौ– राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ ।

prachanda-bidhya

राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटवार्तामा प्रधानमन्त्रीले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा राष्ट्रपतिलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले नियमित भेटवार्ताका क्रममा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको जानकारी दिए ।

सो भेटमा नेपालको संविधानअनुसार आगामी २०७४ माघभित्र सम्पन्न गर्नुपर्ने विभिन्न निर्वाचन र संविधान कार्यान्वयनका विषयमा कुराकानी भएको बुझिएको छ ।



Read More: किन पुगे राष्ट्रपति भेट्न प्रधानमन्त्री प्रचण्ड शीतल निवास ?

कोटेश्वर-कलंकी सडकको ५ किलोमिटर कालोपत्र हुने

 

१६ भदौ, काठमाडौं । आठ लेनको कलंकी-कोटेश्वर सडकखण्ड अन्र्तगतको ५ किलो मिटर दुरी आगामी वर्षा माैसम सुरु नहुँदै कालोपत्र हुने भएको छ ।

koteshower-kalanki-sadakचक्रपथ सुधार आयोजनाका प्रमुख रमेश दृष्टिका अनुसार १० किलो मिटर सडक निमार्ण जिम्मा पाएको चिनियाँ संघाइ कस्ट्रक्सन ग्रुपले पहिलो चरणमा कोटेश्वर देखि एकान्तकुनासम्मको सकड कालोपत्र गर्न लागेको हो । पूरै सडक एकै पटकमा निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्न नसकेपछि निर्माण ग्रुपले चरणबद्ध रुपमा गर्न लागेको उनले बताए।

निर्माण ग्रुपले योसँगै कलंकी चोकको अन्डर ग्राउण्ड सडक पनि निर्माणकार्य सुरुगर्ने भएको छ । भर्खरै मात्र कलंकीमा सञ्चालन भइरहेको आकाशे पुल पनि निर्माण कम्पनीले भत्काउने काम सम्पन्न गरेको उनले बताए ।

योसँगै निर्माण कम्पनीले अहिलेसम्म आठ लेनको कोटेश्वर-कलंकी सडकको ४८ प्रतिशत काम सम्पन्न गरेको उनले बताए । निर्माण कम्पनीले सडक निर्माणको सबैभन्दा महत्वपूर्ण काम अन्तर्गतको पुल निर्माणको काम भने अन्तिम चरणमा पुर्‍याइसकेको उनले बताए ।

निर्माण कम्पनीले सडक निर्माणको काम २०१३ जुनबाट सुरु गरेको हो । सम्झौता अनुरुप समयमै काम हुन नसकेपछि भूकम्प र नाकाबन्दीलाई प्रमुख कारण देखाउँदै आठ लेनको कोटेश्वर-कलंकी सडक निर्माण अवधि थप हुने गरी पुनः सम्झौता भएको थियो ।

सम्झौता नवीकरण भएसँगै अब सांघाई कन्स्ट्रक्सन ग्रुपले २०१८ जुलाई ३१ सम्म सडक निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ । यसअघि सन् २०१३ जूनबाट काम सुरू गरी ४० महिनामा योजना सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।

कंलकी-कोटेश्वर सडक निर्माणको सम्पूर्ण खर्च चीन सरकारकै रहने छ । यसको निर्माण लागत ३१ करोड २० लाख आरएमबी (चिनियाँ मुद्रा) हो । सांघाई ग्रुपले ७० प्रतिशत रकम लिइसके पनि काम गर्न भने अझै ५२ प्रतिशतकै हाराहारीमा बाँकी रहेको दृष्टिले बताए ।


बाँकी NEPAL123.COM मा पढौं

जनविरोधी शक्तिको निदहराम गर्दै विजयको झण्डा गाड्छौं: बादल

Ram-Bahadur-Badal

१६ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ले फुटवादलाई परास्त गरी विजयको झण्डा गाड्नका निम्ति माओवादीहरु एकतावद्ध भएको बताएका छन् ।

क्रान्तिकारीहरुको फुटले जनविरोधी शक्तिहरुले टाउको उठाउने मौका पाएको भन्दै नेता बादलले भने, ‘अब तिनको निदहराम गर्दै हामी विजयको झण्डा गाड्ने छौं ।’

अखिल क्रान्तिकारीको तीन नम्बर प्रदेशस्तरीय भेलालाई सम्वोधन गर्दै माओवादी केन्द्रका संगठन विभाग प्रमुखसमेत रहेका नेता बादलले भने, ‘एकतासँगै संगठनात्मक क्षेत्रमा देखिएका समस्यालाई पार्टीले तत्काल हल गर्नेछ ।’

एकता भेलामा अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले अब क्रान्तिकारी विद्यार्थी आन्दोलनको मुल प्रवाह अखिल क्रान्तिकारी हुने दावी गरे । उनले आगामी स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीलाई पहिलो संगठन बनाएरै छाड्ने दृढता व्यक्त गरे ।

भेलामा अखिल क्रान्तिकारीका पूर्वअध्यक्षद्वय रमेश मल्ल, रत्न ढकाललगायतले पनि बोलेका थिए ।

तीन सय प्रतिनिधि सहभागी एकता भेलाको भोलिदेखि सुरु हुने बन्दसत्रले तीन नम्बर प्रदेश संयोजक बाहेकको कार्यसमिति निर्वाचित गर्नेछ । प्रदेश संयोजकमा विजय गौतम यसअघि नै चयन भैसकेका छन् ।


बाँकी NEPAL123.COM मा पढौं

नेपाल र जापान सुखदुःखका साथी

काठमाण्डु, १६ भदौ- नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सवका अवसरमा नेपाल सरकारद्वारा बिहीबार यहाँ एक विशेष समारोह आयोजना गरियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्का सदस्य, जापानका विदेश राज्यमन्त्री नोबो किसी तथा उनले नेतृत्व गरेको जापानी प्रतिनिधिमण्डल, यहाँस्थित कूटनीतिक नियोग तथा नेपालको विकासका साझेदार संस्थाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका पदाधिकारी, नेपालका कूटनीतिक वर्ग र समाजका प्रतिष्ठित व्यक्तित्वको उपस्थितिमा भएको उक्त समारोहको उद्घाटन गरे ।

त्यस अवसरमा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की र राज्यमन्त्री किसीले नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवलाई स्मरणीय तुल्याउन हुलाक सेवा विभागले प्रकाशन गरेको संस्मरणात्मक हुलाक टिकटमा प्रकाशनको प्रथम टाँचा लगाए ।

समारोहलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले आपसी विश्वास र सहयोगमा आधारित नेपाल र जापानबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको चर्चा गर्दै नेपालको सामाजिक एवम् आर्थिक विकास प्रयासमा जापानबाट निरन्तर प्राप्त सहायताको सराहना गरे ।

भौतिक पूर्वाधार विकास, कृषिको आधुनिकीकरण र मानव संसाधन विकास, हवाई सुरक्षा, विद्यालय क्षेत्र सुधारलगायत नेपालको सामाजिक–आर्थिक विकासका क्षेत्रमा जापानबाट प्राप्त सहयोग सदा स्मरणीय रहने उल्लेख गर्दै उनले सांस्कृतिक एवम् ऐतिहासिक सम्बन्धले दुवै मुलुकलाई जोडेका बताए ।

उनले भने, ‘बितेका ६० वर्षमा हामीले धेरै प्रगति गरेका छौँ । द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय मञ्चहरूमा निकट सम्पर्कमा रहेर सहकार्य भएको छ ।’ विश्वसनीय एवम् सर्वाधिक सहायता उपलब्ध गराउने नेपालको विकासको साझेदार जापानले विज्ञान र प्रविधिका क्षेत्रमा हासिल गरेको प्रगति र आर्थिक समृद्धि अनुकरणीय रहेको उनले बताए ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को पर्यवेक्षक मुलुक जापानसँग क्षेत्रीयस्तरमा मात्र नभई राष्ट्रसङ्घीय शान्ति स्थापनाका काममा पनि दुवै देशले मिलेर काम गरिरहेका परराष्ट्रमन्त्री महतले बताए ।

सुखदुःखको साथी

गत वर्षको भूकम्पपछि जापानले तत्काल मानवीय तथा आपत्कालीन सेवा उपलब्ध गराउनाका साथै विपत्तिपछिको पुनःनिर्माण र पुनःस्थापनामा गरेको सहयोगले आपसी सम्बन्ध र मित्रतालाई अझ सुदृढ तुल्याएको उनले बताए । नेपाल र जापान सुखदुःखका साथी हुन् भन्दै मन्त्री महतले भविष्यमा पनि जापानबाट अझ विस्तृत एवम् व्यापक मात्रामा सहयोग हुने विश्वास व्यक्त गर ।

व्यापार र लगानी विस्तारबाटै आर्थिक गतिविधिमा बढोत्तरी हुने विचार व्यक्त गर्दै उनले भूकम्पबाट शिथिल बनेको नेपालको अर्थतन्त्र उठाउन जापानी सहयोगको अपेक्षा आफूले गरेको बताए । नेपाली उत्पादनलाई जापानी बजारसम्मको सहज पहुँचमा उनले जोड दिए ।

राज्यमन्त्री किसीले नेपालको चौतर्फी विकासमा सक्दो सहयोग गर्न जापान प्रतिबद्ध रहेको बताउँदै जापानीका मन र मस्तिष्कमा नेपालका उच्च हिमाल र यहाँका विकासप्रेमी जनता सधैँ रहिरहने उल्लेख गरे  । नेपाललाई आफ्नो देशका नागरिकले प्रमुख पर्यटकीय गन्तव्यका रुपमा राखेका पनि उनले बताए ।

भूकम्पबाट सधैँ प्रभावित भइरहने आफ्नो देशमा केही वर्षअघिको ठूलो भूकम्पका बेला पाँच हजार कम्बल सहायतास्वरुप नेपालले पठाएको स्मरण गर्दै उनले दुवै मुलुक सुखदुःखका साथी  रहेको बताए।

समारोहमा नेपाल र जापानका कलाकारले दुवै मुलुकका संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए । रासस


बाँकी NEPAL123.COM मा पढौं

भियतनाममा आँधीबाट ७० काे मृत्यु

adhi

भदाै – १६ । भियतनाममा गत जनबरीदेखि अगस्तसम्ममा आँधीलगायतका राष्ट्रिय प्रकोपको परी मारिएका र वेपत्ता भएका व्यक्तिको सङ्ख्या ९० पुगेको छ ।

सो प्रकोपहरुमा विशेषगरी तीन आँधीको कारण मारिएका र बेपत्ता व्यक्तिको सङ्ख्या ९० हुनुका साथै अन्य २२३ व्यक्ति घाइते भएका देशको कृषि र ग्रामिण विकाश विभागले बिहीबार जानकारी दिएको छ ।

जारी यस प्रकोपबाट १६ सय घर ध्वस्त भएको छ । त्यसगरी ८१ हजार ८०० घरहरु क्षतिग्रस्त भएका छन् । दुई लाख ३०० हेक्टर जमिनको धान वाली नष्ट भएको बताइएको छ भने, ४९ हजार ७०० हेक्टर जमिनको अन्य वालीनाली नष्ट भएको छ ।

यसैबीच सो प्रकोपको कारण ३६ हजार गाई भैँसीको मृत्यु भएको छ । एक लाख ९८ हजार कुखुरालगायतका पशुपक्षीको मृत्यु भएको छ ।

सन् २०१६ को पहिलो आठ महिनमा यस प्रकोपबाट दुई लाख ४३ हजार पाँच सय घरपरिवार प्रभावित भएका छन् । – रासस÷सिन्ह्वा

The post भियतनाममा आँधीबाट ७० काे मृत्यु appeared first on नेपाल आज.


बाँकी NEPAL123.COM मा पढौं

गोकर्णेश्वरमा भक्तजनको भीड

काठमाण्डु, १६ भदौ-उपत्यकाको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वरमा दिवङ्गत पितृलाई श्रद्धा भक्तिसाथ तर्पण, सिदादान र श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ ।

दिवङ्गत पितृलाई भाद्र कृष्ण औँसीका दिन गोकर्णेश्वर मन्दिरमा गई तर्पण, सिदादान र श्राद्ध गर्दा घर, मामाघर र ससुरालीतर्फका तीनरतीन पुस्ताका पितृले मुक्ति पाउने धार्मिक विश्वास छ ।

बागद्वारबाट बग्दै आएको बाग्मती गोकर्णमै आएपछि उत्तरतिर बग्ने भएकाले पनि यहाँ आई पितृलाई श्रद्धाभक्तिसाथ तर्पण, सिदादान र श्राद्ध गर्दा दिवङ्गत पितृ प्रशन्न भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

मन्दिरमा बुधबार बेलुकीदेखि नै भक्तजनको भीड लागेको पुजारी जगदीश भट्टले बताए । बिहान ३ बजेदेखि मन्दिरमा दर्शनका लागि खुला गरिएको थियो । देशका विभिन्न भागबाट आएका भक्तजनले वाग्मती नदीमा स्नान गरी गोकर्णदेखि उत्तरगयासम्मका बाग्मती किनारमा तर्पण, सिदादान एवम् श्राद्ध गरिरहेका छन् ।

मन्दिर क्षेत्र व्यवस्थित नहुँदा धार्मिक कामका लागि अप्ठ्यारो भएको सप्तरीबाट आउनुभएका रामचन्द्र यादवले गुनासो गरे । ‘साँघुरो सडकमा व्यापार गर्ने, बिरामीको उपचारका लागि सहयोग माग्नेको पनि भीड हुँदा धार्मिक क्षेत्र अस्तव्यस्त पाएँ, सार्वजनिक सवारी साधन जोरापाटीचोकमै रोकिँदा चार किमी हिँड्न बाध्य हुनुप¥यो’, उनले भने ।

मन्दिरमा बौद्ध धर्मावलम्बीको पनि उत्तिकै उपस्थिति छ । बौद्ध धर्मावलम्बीले गोकर्णेश्वरलाई बोधिसत्वका रुपमा मानी श्रद्धाभक्तिसाथ पितृका सम्झनामा दीपदान गरेका छन् । रासस


बाँकी NEPAL123.COM मा पढौं

राष्ट्रपतिले प्रचण्डलाई सोधिन्- चुनावको तयारी के हुँदैछ ?

राष्ट्रपतिलाई भेटेर प्रधानमन्त्रीले भने- बुवा आमा हजुर नै !

Bidhya-Bhandari-and-Prachan

विहीबारको भेटमा राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री प्रचण्ड । तस्वीर: प्रधानमन्त्रीको सचिवालय

१६ भदौ, काठमाडौं । संविधानतः राष्ट्रपति मुलुकको सर्बोच्च व्यक्ति हुन् । आलंकारिक राष्ट्रपति जनताका अभिभावक हुन् ।

जनताका अभिभावक मेरा पनि अभिभावक भन्दै मुलुकका कार्यकारी प्रमुख प्रधानमन्त्री प्रचण्डले कुशे औंशीको विहानै शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीका मुख हेरेका छन् ।

केही वर्षअघिमात्र पिता गुमाएका र आमा धेरै वर्षअघि नै गुमाएका प्रचण्ड र राष्ट्रपति भण्डारीबीचको विहीवारको भेट एक प्रकारले अनौपचारिक र भावनात्मक खालको रहेको स्रोतले जनाएको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट हुनु सामान्य विषय हो । दैनिक कामकाज र महत्वपूर्ण घटनाक्रमका बारेमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी दिने प्रचलन छ ।

तर, बिहीबार बिहान राष्ट्रपति भण्डारी र प्रधानमन्त्री प्रचण्डबीच भएको वार्तालाप भने अलि फरक थियो । प्रचण्ड बालुवाटारबाट बिहानै शितल निवास पुगेपछि सन्चो-बिसन्चोको अवस्था सोधेर सामान्य औपचारिकता पूरा भयो ।

भेटका प्रत्यक्षदर्शीका अनुसार त्यसपछि प्रचण्डले हाँस्दै भने- आज कुशे औंसीको दिन म यता आएँ । किनकी यो राष्ट्रको अभिभावक हजुर हो । बुवा-आमा पनि हजुर नै हो ।

मनमा धेरै कुरा राख्न नसक्ने र फ्याट्टै बोलिहाल्ने प्रचण्डको स्वभाव बिहीबार राष्ट्रपति भण्डारी समक्ष पनि लुक्न सकेन । प्रचण्डले आफूलाई आमा पनि हजुर, बुबा पनि हजुर भन्नु राष्ट्रपतिका लागि सायद अनपेक्षित थियो ।

प्रधानमन्त्रीले दिएको सम्मान र आदरलाई रष्ट्रपति भण्डारीले मुसुक्क हाँसेर स्वागत गरेको एक सहयोगीले बताए ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री प्रचण्डबीच बिहीबारको मन्त्रिपरिषद बैठक, आसन्न भारत भ्रमणलगायतका विषयमा कुराकानी भएको थियो ।

पहिलो प्रधानमन्त्री कालमा राष्ट्रपतिको एउटै पत्रका कारण राजिनामा दिनु परेको तितो अनुभव संगालेका प्रचण्डले यसपटक बिगतका कमजोरी नदोहोर्‍याउने प्रतिबद्धता भिन्न सन्दर्भमा पटक-पटक व्यक्त गर्दै आएका छन् ।

संयोग के पनि मान्नुपर्छ भने विद्या भण्डारीलाई राष्ट्रपतिका रुपमा अघि सार्न एमालेलाई साथ दिने र चुनाव जिताउनेसम्मका घटनाक्रममा प्रचण्ड निर्णायक बनेका थिए ।

कांग्रेस सहमतिबाट बाहिर गएपछि ‘पावर शेयरिङ’मा एमालेले प्रधानमन्त्री पाउँदा माओवादीले राष्ट्रपति पाउने अवस्थामा विद्या भण्डारीलाई राष्ट्रपति बनाउन प्रचण्डले भूमिका खेलेको दावी उनी निकटस्थहरुको छ ।


बाँकी NEPAL123.COM मा पढौं

अब विद्युतीय सवारीमा जोड दिइनुपर्छ: वातावरण मन्त्री

काठमाण्डु, १६ भदौ- जनसङ्ख्या तथा वातावरण मन्त्री जयदेव जोशीले हाल मुलुकले भोग्दै आएको ऊर्जा सङ्कट समाधानका लागि जलविद्युत् एवम् सौर्य ऊर्जालगायत नवीकरणीय ऊर्जा प्रविधिमा जोड दिइएको बताएका छन् ।

मन्त्री जोशीको सम्मानमा ऊर्जा विकास परिषद्ले आयोजना गरेको स्वागत समारोहमा बोल्दै उनले यातायात क्षेत्रमा इन्धनको ठूलो हिस्सा खपत हुने गरेको र यसको आयातमा विदेशी मुद्रा खर्च हुने र वातावरणमा पनि असर पुगेकाले अब विद्युतीय सवारी साधनलाई प्रोत्साहन गरिने बताए । यसका लागि छोटो तथा लामो दूरीका विद्युतीय सवारी सञ्चालन गर्न ठाउँठाउँमा चार्जिङ सेन्टरहरु निर्माण गरिने मन्त्री जोशीले बताए ।

वातावरण र जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने विभिन्नखालका प्रदूषणको दिगो समाधानका लागि मन्त्रालयले छिट्टै प्रदूषण नियन्त्रण रणनीति र कार्ययोजना ल्याउन लागेको मन्त्री जोशीले जानकारी दिए । सो अवसरमा परिषद्का सुजीत आचार्यले सौर्य ऊर्जा प्रविधि र जलविद्युत्को विकाससँगै ऊर्जा दक्षताको माध्यमबाट न्यूनतम विद्युत् खपत गरी अधिकतम ऊर्जाको मागलाई पूर्ति गर्न सकिने धारणा राखे ।

कार्यक्रममा सहभागी अन्य वक्ताले आयातीत इन्धन खपतलाई घटाउन विद्युतीय सवारी साधनलाई प्रोत्साहन आवश्यक रहेको बताउँदै सरकारले चार्जिङका लागि निश्चित ठाउँको व्यवस्था मिलाउन आग्रह गरे ।

परिषद्ले विशेष गरेर जलविद्युत्, सौर्य ऊर्जा र अन्य वैकल्पिक ऊर्जा क्षेत्रमा देखा परेका समस्या उजागर गर्ने, तिनलाई समाधान गर्न आवाज उठाउने र नीति निर्मातालाई स्वदेशी ऊर्जा विकासका लागि घचघच्याउने काम गर्दै आएको छ । रासस


बाँकी NEPAL123.COM मा पढौं